२२ वर्षीया नेपाली युवतीलाई नयाँ दिल्लीको द्वार्कामा चार पुरुषले सामूहिक बलात्कार गरेको भारतीय मिडियालाई उद्धृत गर्दै साउथ एसिया डट कमले बताएको छ । केही मिडियाले २४ वर्ष बताइएकी ती युवती आफ्नो दाइलाई भेट्न गत शनिबार मुम्बई गएकी थिइन् ।
रिपोर्टका अनुसार काठमाडौंकी ती युवती बसमार्फत् नयाँ दिल्ली पुगेकी थिइन् । त्यहाँबाट उनी मुम्बई जान रेल चढ्ने तयारीमा थिइन् । यद्यपी, ढिला स्टेशन पुगेका कारण उनको रेल छुट्यो । त्यसपछि उनी अब के गर्ने भनेर मानिसहरुसँग सोधपुछ गरिरहेकी थिइन् । त्यति नै बेला, एक व्यक्ति उनलाई सहयोगका लागि अगाडि आए ।
त्यसपछि उनले प्लेटफर्ममा बसिराख्न असुरक्षित हुने बताउँदै उनलाई नयाँ दिल्लीको द्वार्कामा लगेर बलात्कार गरेको स्रोतले बताएको छ । आफूले बलात्कार गरेपछि उनले आफ्ना अन्य साथीलाई पनि कुकृत्यका लागि निम्तो गरेको बताइएको छ ।
घटना हुनुअघि पीडितले मुम्बईमा भएका आफ्ना दाइलाई आरोपीमध्येका एकको फोनमार्फत् कुरा गरेकी थिइन् । पीडितका दाइलाई ती व्यक्तिको नाम र उनको फोन नम्बर थाहा थियो । उनले आरोपीको फोन नम्बर र नाम मुम्बई पुलिसलाई जानकारी दिइसकेका थिए ।
आरोपीले बलात्कारपछि पीडितलाई मुम्बई जाने रेलवे स्टेशनमा पुर्याइदिएको स्रोतले बताएको छ । मुम्बईमा दाइलाई भेटेपछि सोमबार उनीहरुले स्थानीय पुलिसमा उजुरी दर्ता गरे । युनाइटेड न्यूज एजेन्सीका अनुसार मुम्बईस्थित ओशिवारा पुलिस स्टेशनले नेपाली युवतीको उजुरी बुधबार दिल्ली पुलिसलाई हस्तान्तरण गरेको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु