काठमाण्डाै – ९ महिनाअघि सोलुखुम्बुको गोक्यो तेश्रो तालमा डुबेर बेपत्ता भएकामध्ये सुनिल बराइलीको शव भेटिएको छ ।

विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले परिचालन गरेको रोबोटले झण्डै ३५ फिट गहिराइमा शव पहिचान गरेर बाहिर निकालेको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दिनुभयो । अब शव भेट्न बाँकी एक जनाको खोजी भैरहेको छ ।
हिजोदेखि नै खोजी सुरु गरेको टोलीले आज बिहान शव बाहिर निकालेको हो । बराइली साथीको उद्धार गर्न जाने क्रममा शरीरमा लगाएको कपडासहित डुबेका थिए । त्यसै आधारमा उनको पहिचान गरिएको हो । बेपत्तामध्ये अब पेम्बा दोर्जी शेर्पाको शव मात्र भेट्न बाँकी छ ।

अमेरिकाको क्यालिफोर्नियाबाट आएका जेर्मी कर्मिकन, केइथ कर्मिकन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पाको टोलीले हिजो दिनैभर रोबोट तथा अन्य उपकरण प्रयोग गरी शवको खोजी गरेको थियो ।
गोक्यो हिमतालमा डुबेर हराएका किशोरहरुको खोजी फेरि सुरु (तस्बिरसहित)
गएको असोजमा खुम्बु भ्रमणमा आएको विदेशी टोलीले बेपत्ताको शव खोजी गर्न सक्ने बताएपछि बेपत्ताका परिवारले खोजी गरिदिन आग्रह गरेको थियो ।

शैक्षिक भ्रमणमा गएका बेला गोक्यो तेश्रो तालमा पौडी खेल्ने क्रममा ३ जना छात्र गएकाे साउनमा बेपत्ता भएका थिए । बेपत्तामध्ये पेम्बा नुरु शेर्पाको शव त्यति बेलै भेटिए पनि पेम्बा दोर्जी शेर्पा र सुनिल बराइली हराइरहेका थिए । ujyaaloonline.com
फोटो – विक्रम श्रेष्ठ, सदस्य – उद्धार टोली
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु