पोखरा : स्याङजामा ३० जना युवा युवतीहरुले तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम लिएका छन् । वालिङ नगरपालिका वडा नं ३ ले आयोजना गरेको तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम स्थानीय ३० युवा युवतीहरुले लिएका हुन् ।
तालिममा वडा नम्बर ३ का माझकोट, राम्चे, बुढाकोट, सिङगारकोट लगायतका गाउँबाट ३० जना युवा युवतीहरु सहभागि भएका थिए । बुधबार तीन दिने तालिम समापन कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका उपमेयर कल्पना तिवारीले महिला र पुरुषमा कुनै पनि क्षमताको भिन्नता नरहेको भन्दै अवसर पाएमा सबैले प्रगति गर्न सक्ने धारणा राखिन् ।
‘महान विचार र उच्च लक्ष्यका साथ अघि बढ्ने मान्छे जुनसुकै काममा पनि सधैँ सफलता हाँसिल गर्छन्’ उनले भनिन् । महिलाहरुले आफनो व्यक्तित्व र नेतृत्वमा निखार ल्याएमा आगामि दिनमा नेतृत्वदायी भूमिका खेल्ने उनले बताईन् । युवा युवतीहरुको बोल्ने बानीको विकास होस भन्ने उद्देश्यले पहिलो पटक यस्तो कार्यक्रम गरेको बताउँदै वडाध्यक्ष सुकराज गुरुङले यस्तो कार्यक्रमको माग र चासो बढेमा यस्तो तालिमलाई निरन्तरता दिइरहने बताए ।
कार्यक्रममा वालिङ नगरपालिका कार्यपालिका सदस्य गीता रानपाल, नेकपाका वडा अध्यक्ष थमन गुरुङ, तालिम संयोजक कौबहादुर गुरुङ, प्रशिक्षक रोशनी गुरुङ लगायतले मन्तव्य राखेका थिए । तालिममा मादी न्युज डटकम तथा तमू संसार पत्रिकाका सम्पादक रोशनी गुरुङले सहजीकरण गरेका थियो भने तालिमका प्रशिक्षार्थी यन्सरी गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो