पुलवामा : भारतको जम्मू कश्मिर स्थित पुलवामा क्षेत्रमा सुरक्षा कारवाहीमा ३ आतंकवादीको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । आतंकवादीहरु सँगको मुठभेडमा एक सुरक्षाकर्मीको पनि मृत्यु भएको छ ।
आतंकवादीहरु पुलवामाको दलीपारो क्षेत्रमा रहेको एक घरमा लुकेर बसेको सूचनाको आधारमा सुरक्षाकर्मीहरुले सर्च अपरेसन गरेका थिए। त्यसक्रममा सो क्षेत्रका सबै सडकहरु बन्द गरिएको थियो।
सर्च अपरेसन चलिरहँदा आतंकवादीहरुले गोली चलाउन सुरु गरेको भारतीय सेनाले दाबी गरेको छ। अझै आतंकवादीहरु रहेको आशंकामा पुलवामामा इन्टरनेट सेवा बन्द गरिएको छ भने स्थानीयहरुलाई सचेत रहन आग्रह गरिएको छ।
केहीदिन अघि मात्रै कश्मिरको शोपियां क्षेत्रमा समेत सुरक्षाकर्मी र आतंकवादीबीच मुठभेड हुँदा ५ आतंकवादीको मृत्यु भएको थियो । गत फेब्रुअरी १४ मा पुलवामामा आत्मघाती आतंकवादी आक्रमण हुँदा ४० भन्दा बढी सुरक्षाकर्मीको मृत्यु भएको थियो ।
भारतले सो आक्रमणको जिम्मेवारी पाकिस्तानमा सक्रिय जैश ए मोहम्मदमाथि लगाएको थियो। सो आक्रमण पछि दुवै राष्ट्रबीच युद्धको अवस्था सिर्जना भएको थियो। भारतले पाकिस्तानमा सर्जिकल स्ट्राइक गरेको दाबी गरेको थियो भने पाकिस्तानले भारतको दाबीलाई प्रोपागान्डा भनेको थियो।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते