आफ्नो अङ्ग्रेजी सुनेर हाँस्नेहरुलाई मन्त्री यादवले भने : ‘आएर सिकाइदिनुस् अब ‘इदर निदर’ भन्दिन

आफ्नो अङ्ग्रेजी सुनेर हाँस्नेहरुलाई मन्त्री यादवले भने : ‘आएर सिकाइदिनुस् अब ‘इदर निदर’ भन्दिन

matrika-yadav

काठमाडौं–उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले लगानी सम्मेलनमा बोलेको अङ्ग्रेजीलाई लिएर निकै आलोचना भयो ।  मन्त्रीजस्तो मान्छेले बोल्ने अङ्ग्रेजी लज्जास्पद भएको भन्दै विभिन्न कोणबाट आलोचना भएको थियो । त्यही आलोचनाको खण्डन बुधबार एक कार्यक्रममा मन्त्रीले गरेका छन् ।

मन्त्री यादवले भने, ‘मैले अंग्रेजीमा इदर र निदर भनेको थिएँ तर मलाई मातृकाले अंग्रेजी बोल्नै जानेन भनेर उडाए । हुन त म अंग्रेजमा जन्मेको मान्छे पनि होइन । खासमा मलाई नेपाली पनि शुद्ध बोल्न आउँदैन । म मधेसमा जन्मेको मान्छे हो । सबैलाई सबै भाषाको ज्ञान हुँदैन । ’

एकल विन्दु सेवा केन्द्रको उद्घाटन कार्यक्रममा लगानी सम्मेलनमा आफूले बोलेको अंग्रेजीलाई लिएर भएको आलोचनाको विषयमा यादवले असन्तुष्टि व्यक्त गरे ।  उनले आफूलाई अंगेजी बोल्न नजानेको भन्दै खिसी गर्नेलाई सिकाइदिन आग्रह पनि गरे । उनले अब आफूले ‘इदर निदर’ नभन्ने पनि उल्लेख गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds