काठमाडाैं – एकातिर पत्रकारलाई कस्ने खालको विधेयक आउने भयले त्रस्त छन् कलमजीवी । अर्कोतिर व्यापारी र ठग मानसिकता भएकाहरुलाई भने हाइसञ्चो हुने खालको विधेयक बन्दै छ बालुवाटारतिर । राष्ट्र बैंकको पछिल्लो बोडै बैठकबाट पारित भई अर्थ मन्त्रालय पठाउने तयारी चलिरहेको बैंकिङ कसुरसम्बन्धी विधेयक अक्षरशः पारित भएको खण्डमा बाउन्स चेक भिडाएर ठगी गर्दै आएका माफिया र ठग प्रत्यक्ष लाभान्वित हुनेछन् ।
यस अघिको बैंकिङ कसुर तथा सजायँसम्बन्धी ऐन ०६४ (पहिलो संशोधन ०७३)लाई अझै परिष्कृत गर्ने नाममा खातामा पैसा नहुँदा नहुँदै चेक काटेर अरुलाई दुःख दिने नियत भएका फटाहाहरुलाई छुट दिन खोजिएको हो ।
खातामा पैसा नहुँदा चेक काटेर दुःख दिएको भेटिए तत्काल कारबाही हुने व्यवस्थालाई खुकुलो बनाई १५ दिनको समय दिन लागिएको छ । खातामा पैसा नहुँदा नहुँदै चेक काट्नेलाई तत्काल बैंकिङ कसुरसम्बन्धी ऐनअन्तर्गत मुद्दा चलाइँदै आएकोमा प्रस्तावित विधेयकमा १४ दिनको समय दिने र सो अवधिभित्र पनि रकम जम्मा नगरे मात्रै कारबाही प्रक्रिया अघि बढाउने व्यवस्था विधेयकमा उल्लेख भएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
चेक बाउन्ससम्बन्धी कसुरलाई समेत खुकुलो बनाइएको छ । यसअघि अब यस्तो केसमा १२ वर्षसम्म जेल बस्नुपर्ने व्यवस्था थियो । त्यस्ताले अब बढीमा ६ महिना जेल बसे पुग्नेछ । यसअघि १० अर्ब वा सोभन्दा बढी चेक बाउन्समा १२ वर्षभन्दा बढी जेल बस्नु पर्ने व्यवस्था थियो । ५० करोडसम्मको चेक बाउन्स भए कम्तीमा ६ देखि ८ वर्षसम्म जेल बस्नु पथ्र्यो । १० लाखसम्म चेक बाउन्स गरे कम्तीमा एक वर्ष जेल बस्नु पथ्र्यो । संशोधित नयाँ व्यवस्थाले चेक बाउन्स प्रकरणमा बढीमा ६ महिनासम्म जेल सजायँ हुनेछ ।
जसअन्तर्गत ३ लाखसम्मका लागि एक महिनास, १० लाखसम्मका लागि एक महिनासम्म जेल एक लाख जरिवाना, ५० लाख रुपैयाँसम्म भए ५ लाख रुपैयाँसम्म जरिवाना र ३ महिनासम्म कैद र सोभन्दा बढी भए बिगोको ५० प्रतिशतसम्म जरिवाना र ३ महिनासम्म कैद र सोभन्दा बढी भए बिगोको ५० प्रतिशतसम्म जरिवाना र ६ महिनासम्म कैद सजायँको प्रस्ताव गरिएको छ । आपसी कारेबार नमिल्दा खातामा रकम नै नभए पनि बंैंकमा चेक साट्न लगाइ त्यसैलाई प्रमाण बनाएर प्रहरीमा बैंकिङ कसुरका उजुरी आउने क्रम बढेको छ ।
पछिल्लो दुई वर्षमा काठमाडौं प्रहरी परिसरमा चेक बाउन्स प्रकरणमा १८ सय मुद्दा दर्ता भएको रेकर्ड छ । अघिल्लो वर्ष ४ सय २७ वटा उजुरी दर्ता भएकोमा यस वर्ष १४ सय यस्ता घटनासम्बन्धी उजुरी दर्ता भएका छन् । परिसरमा दैनिक सरदर २५ वटासम्म चेक बाउन्सका केस दर्ता हुने गरेको प्रहरीको भनाइ छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने