पोखरा- दर्जन बढी देशका सेनाको सहभागितामा पोखरामा विपद् व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सैन्य अभ्यास हुने भएको छ । नेपाली सेना र अमेरिकी सेनाको इन्डो प्यासिफिक कमान्डको युनिटले संयुक्त रूपमा आयोजना गर्न लागेको उक्त अभ्यास जेठ ५ गतेदेखि १२ गतेसम्म पोखरामा संचालन हुने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । उनका अनुसार उक्त अभ्यासमा अमेरिकासहित, भारत, चीन, मंगोलिया, बंग्लादेश, अष्ट्रेलिया, बेलायतलगायत दर्जन बढी देशका सेनालाई आमन्त्रण गरिएको पाण्डेले जानकारी दिए ।
बिगत ५ वर्षदेखि नियमित रुपमा हुँदै संचालन हुँदै आएको उक्त अभ्यामास करिब २५० जनाको सहभागिता हुने छ । पाण्डेका अनुसार विपद व्यवस्थापन क्षेत्रमा काम गरिरहेका विभिन्न सरकार तथा गैरसरकारी संस्थाका प्रतिनिधि पनि उक्त अभ्यासमा सहभागी हुने छन् । यस्ता अभ्यासले भूकम्प जस्ता प्राकृतिक विपद व्यवस्थापनमा सेनाको क्षमताका वृद्धि हुने बताए।
‘अमेरिकी सेनाको इन्डोप्यासिफिक कमाण्ड अन्तर्गत नेपाली सेनालाई तालिम दिनका लागि यो अभ्यास आयोजना गरिन लागेको हो,’ उनले भने, ‘भूकम्प जस्ता प्राकृतिक विपद्का बेला हुने उद्धारमा यसले क्षमता विस्तार गर्छ।’ नेपालले अमेरिका, चीन र भारतसँग नियमित सैन्य अभ्यास गर्ने गरेको छ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो