काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनामको भ्रमण सकेर कम्बोडिया पुग्दा त्यहाँ उनको भव्य स्वागत र सम्मान भएको छ। नेपालका प्रधानमन्त्रीलाई त्यहाँ राजकीय सम्मानका साथ स्वागत गरियो। पाँचदिन भियतनाम भ्रमण गरेर प्रधानमन्त्री सहित नेपाली भ्रमण दल सोमबार बिहान भियतानाम एयरलाइन्सबाटै कम्बोडिया पुगेको थियो।
प्रधानमन्त्री ओलीसहितको नेपाली मण्डललाई एयरपोर्टमै भव्य स्वागत गरियो। कम्बोडियाको सडकमा नेपाली झन्डावाल गाडीमा प्रधानमन्त्री ओली उच्च सुरक्षा घेरा र सम्मानसहित विभिन्न भेटघाट र कार्यक्रमका लागि हिँडेको दृश्य यो भिडियोमा देख्न सकिन्छ ।
https://youtu.be/8X9cNHGEmRY
भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा ओली वैशाख २६ गते भियतनाम पुगेका थिए। भियतनाममा प्रधानमन्त्री ओलीले भियतनाम८ नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय दिवसलाई सम्बोधन गरेका थिए। प्रधानमन्त्रीका साथ नेपाली प्रतिनिधिमण्डल पनि रहेको छ।
प्रम ओली र कम्बोडियाली कावा राष्ट्र प्रमुखबीच भेट
प्रधानमन्त्री केपी शर्मा र कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच मंगलबार सिनेट हाउसमा भेटघाट भएको छ । राष्ट्र प्रमुख राजा नोरोदम सिंहमोनी ‘एशियाली सभ्यता बहस सम्मेलन’का लागि हाल बेइजिङमा छन् । उनले सिनेट प्रिसिडेण्टलाई कावा राष्ट्र प्रमुख तोकेका हुन् ।
थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीका अनुसार उनिहरुबीच द्विपक्षीय सम्बन्ध, संसद् र संस्कृतिसम्बन्धी विषयमा छलफल भएको थियो । भियतनामको पाँचदिने भ्रमण पूरा गरी प्रधानमन्त्री ओली हाल कम्बोडियामा छन् ।
कम्बोडियाको विदेशमामिला मन्त्रालयका अधिकारीले सो भेटघाटले दुई देशबीचको सम्बन्ध बलियो बनाउनाका साथै अर्थ, व्यापार, पर्यटन र संस्कृतिसम्बन्धी सहयोग र संसदीय अनुभव आदानप्रदान गर्न बढावा दिने विश्वास व्यक्त गरेका छन् ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीलगायत छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम