इशाको आक्रोश–‘अरुको शरीरको अंगमाथि कमेन्ट गर्न बन्द गर्नुहोस्’

इशाको आक्रोश–‘अरुको शरीरको अंगमाथि कमेन्ट गर्न बन्द गर्नुहोस्’

model isha

बलिउडका कलाकार इन्टरनेटमा ट्रोलको शिकार बन्नु नयाँ कुरा नै भएन । किनकी, उनीहरुको सानो सानो कुरामा पनि ट्विटर प्रयोगकर्ताहरु ट्रोल बनाउँछन् र रमाउँछन् । यो सूचीमा नायिका इशा गुप्ता पनि पर्छिन् । जो बारम्बार ट्रोलको शिकार बन्ने गरेकी छिन् । इशाको तस्बिरमा ट्रोलरहरु निकै नै खराब प्रतिक्रिया पनि दिन्छन् ।

तर, यसपटक भने इशा आफ्नो तस्बिरमा खराब प्रतिक्रिया दिनेमाथि भड्किएकी छिन् । उनले लेखेकी छिन्–‘कतिपय अवस्थामा प्रतिक्रिया देखेर मलाई निकै नै रिस उड्छ । म सोच्छु कि मानिसको दिमागमा के के कुरा चल्छ । जो मानिससँग केही पनि गर्ने काम छैन । उनीहरु, अरुको वालमा गएर भद्दा प्रतिक्रिया दिन्छन् । तर, उनीहरुलाई के थाहा कि, त्यस्तो प्रतिक्रियाले अरुलाई के असर गर्छ ।’

उनले, आफ्नो शरीरको अंगलाई लिएर ट्रोल गर्नेलाई सुझाव दिदै भनेकी छिन्–‘यो दुनियाँमा धेरै कुरा भैरहेको  छ । यसैले दोश्रो व्यक्तिको शरीरको अंगमाथि प्रतिक्रिया दिने काम बन्द गर्नुहोस् । यो अमुल्य समय उपयोगी काममा खर्च गर्नुहोस् ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds