छोरीलाई जन्माउने बित्तिकै पोखराकी सीमाले शिशुलाई बाँसघारीमा फालेपछि.. !

छोरीलाई जन्माउने बित्तिकै पोखराकी सीमाले शिशुलाई बाँसघारीमा फालेपछि.. !

sisu

पोखरा । सोमबार दिउँसो पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर नजिकैको बाँसघारीमा नवजात शिशु फेला पर्याे । स्थानीय जम्मा भए । सबैलाई लाग्यो कसले यस्तो पाप गर्याे होला ? नवजात शिशुलाई यसरी बाँसघारीमा कसले फाल्यो होला ? अनि प्रहरीलाई खबर गरे । प्रहरीले घटनास्थलमा पुगेर सोधपुछ गरेपछि शिशुको आमा पत्ता लाग्यो ।

बच्चा जन्माउने बित्तिकै त्यसरी बाँसघारिमा फाल्ने महिला रहेछिन्, उदयपुर घर भई हाल पोखरा बस्दै आएकी रञ्जु भनिने सीमा मगर । प्रहरीले सोधपुछ गर्न थालेपछि उनी आफैँले बच्चालाई त्यसरी फालेको स्वीकार गरिन् ।

यस कारण बच्चा जन्माउने बित्तिकै फालिन् सीमाले

श्रीमानले छाडेपछि सीमा एक्लै पोखरामा मजदुरी गर्दै आएकी थिईन् । श्रीमानबाट टाढा हुन पुगेकी उनी अर्कै युवकबाट गर्भवती भईन् । बच्चालाई जन्म दिने निर्णय त गरिन् । तर, आर्थिक अवस्था कमजोर भएकै कारण पालनपोषण गरेर हुर्काउने आँट गर्न सकिनन् ।अनि, पाउने बित्तिकै नवजात छोरीलाई सेतो कपडामा बेरेर अरु कसैले देख्ने गरी आफु बस्दै आएको घर नजिकैको बाँसघारीमा लगेर छाडिन् ।

‘मलाई मेरो बच्चाको धेरै माया छ । तर, राम्ररी पाल्न सक्ने अवस्था छैन । मार्न पनि सकिनँ’ प्रहरीसँगको बयान दिँदै सीमाले भनिन्, ‘त्यसैले अरु कसैले देखेर पाल्न लैजाओस् भनेर आफैले त्यहाँ लगेर छाडेको हुँ ।’ प्रहरीका अनुसार हाल शिशुको गण्डकी अस्पतालमा उपचार भईरहेको छ भने सीमा प्रहरीको नियन्त्रणमा छिन् । नवजात बच्चाको बुबा चिनाएपछि ति युवक पनि प्रहरी नियन्त्रणमा छन् । कानुनानुसार कारबाही प्रक्रिया अघि बढेको कास्की प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ