श्रीलङ्काको चिलाउ इलाकामा फेसबुक पोष्टमार्फत् सुरु भएको विवादपछि स्थानीयले तीन मस्जिद र मुस्लिम नागरिकको पसलमा ढुङ्गाले हमला गरेका छन् । ढुङ्गा हान्नुअघि स्थानीयले एक व्यक्तिमाथि कुटपिटसमेत गरेको बताइएको छ । घटनापछि प्रशासनले इलाकामा सोमबार बिहानसम्म कर्फ्यू लागू गरेका छन् ।
श्रीलङ्कामा २१ अप्रिल इस्टरको दिन भएको श्रृङ्खलाबद्ध बिस्फोटमा २५१ को मृत्यु भएको थियो । त्यतिबेलादेखि मुस्लिम समुदायले मुस्लिम नागरिकलाई प्रताडित गरिएका दर्जनौं उजुरी पाइसकेको बताएका छन् ।
श्रीलङ्का पुलिस प्रवक्ता रुवान गुणशेखरले भने, ‘चिलाउमा तनाव भड्किएको देखेपछि तुरुन्त कर्फ्यू लागू गरियो । फेसबुक पोष्ट लेख्नेलाई पक्राउ गरिएको छ ।’
फेसबुक पोष्टमा लेखियो, ‘धेरै नहाँस, एक दिन तिमी रुनेछौ’
न्युज एजेन्सीले फेसबुक पोष्टबाट सुरु भएको विवादपछि नै मस्जिदमा हमला भएको दाबी गरेको छ । पोस्टमा कमेन्ट लेखिएको थियो, ‘हामीलाई कसैले रुवाउन सक्दैन ।’ यो पोस्टमा अब्दुल हमिद मोहम्मद हसमर नामका व्यक्तिले जवाफ दिए, ‘धेरै नहाँस, एक दिन तिमी रुनेछौ ।’ दुई स्थानीय नागरिककका अनुसार ३८ वर्षे हमसरलाई पुलिसले पक्राउ गरिसकेका छन ।
क्रिश्चियन बाहुल्य चिलाउमा पोस्टलाई धम्की बुझियोः
स्थानीय नागरिकका अनुसार चिलाउ क्रिश्चियन बाहुल्य इलाका हो र हसमरको यो पोस्टलाई धम्कीको रुपमा हेरियो । यो पोष्टपछि उग्र भीडले उनीमाथि कुटपिछ गरे । त्यसपछि भीडले तीन मस्जिद र मुस्लिम नागरिकको पसलमा पत्थरबाजी गरे । यो पसल हमसरको बताइएको छ । एक मुस्लिम नागरिकले स्थिती नियन्त्रणमा भएपनि आफूहरु त्रसित भएको बताएका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते