तनहुँको दमौलीमा बन्ने वि.पि बहुउदेश्यीय रङ्गशालाको डिपिआर तयार (भिडियो सहित)

तनहुँको दमौलीमा बन्ने वि.पि बहुउदेश्यीय रङ्गशालाको डिपिआर तयार (भिडियो सहित)

Stdm1

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं ३ स्थित वि.पि. खेलमैदानमा निर्माणका लागि प्रस्ताव गरिएको वि.पि. बहुउदेश्यीय रङ्गशालाको डिपिआर तयार भएको छ । आइतवार व्यास नगरपालिकामा आयोजित एक कार्यक्रममा डिजाइनको सार्वजनिक गर्दै अन्तरकृया गरिएको छ ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आयोजित अन्तरकृयामा जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, व्यानपाका प्रवक्ता मोहनकुमार श्रेष्ठ, वडा सदस्य रबिन पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रिसिराम भुुषाल, व्यास नगर व्याडमिन्टन संघका अध्यक्ष जीवन गुरुङ्ग लगायतले राय राख्दै सवै पक्षले रङ्गशाला निर्माण गर्नु सकारात्मक भएको बताएका थिए ।

भ्यान्कटेस इन्जिनियरिङ्ग एशोशियटले तयार पारेको डिपिआरवारे जानकारी दिंदै डाइरेक्टर तथा इन्जिनियर भुपेन्द्र श्रेष्ठले मुख्य प्याराफिटमा ३ हजार र मिनि प्याराफिटमा २ हजार गरी ५ हजार दर्शक क्षमताको मैदान डिजाइन गरिएको जानकारी दिए ।

रङ्गशालामा इलाभेन साइडको फुटवल मैदान सहित २ व्याडमिन्टर कोर्ट र भलिवल कोर्ट समेत निर्माण गरिने भएको छ । योजनाको प्रारम्भिक चरणमा नपाले ४० लाख र एन्फा तनहुँले १० लाख गरी ५० लाग बजेट छुट्याइएको नगर प्रमुख न्यौपानेले जानकारी दिए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :  https://www.facebook.com/damaulinews/videos/2219253161486311/

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ