काठमाण्डौ : सोमबार दिउँसो देशका धेरैजसो पहाडी भेगमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना छ । यी क्षेत्रको मौसम आशिंकदेखि सामान्यसम्म बदली भई बेलुकीपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभाव र स्थानीयवायुको प्रभावका कारण पानी पर्ने सम्भावना रहेको मौसमविद् सुवास रिमालले बताए । यस्तै बंगालको खाडीमा बनेको न्यूनचापीय रेखाका कारण पूर्वका धेरैजसो ठाउँमा मेघ गर्जनसहित पानी पर्ने र हिमाली भेगमा हल्का हिमपातको सम्भावना भएको मौसमविद् रिमालले बताए ।
अबको १र२ दिन देशभरको मौसम यस्तै नै रहने उहाँले बताउनुभयो । तर ठुलो पानी पर्ने वा लगातार बदली हुने सम्भावना भने छैन । अहिले काठमाडौको मौसम बद्ली भएको छ । काठमाडौको दिउँसोको मौसम एकछिन खुल्दै फेरि एक छिन बदली हुने सम्भावना रहेको छ ।
यसैबीच आइतबारदेखी देशको पहाडी भेगको तापक्रम घटेर केही सितल महसुस गरिए पनि तराईका क्षेत्रमा चलेको तातो हावाका कारण त्यहाँको जनजीवन भने प्रभावित बनेको छ । महोत्तरी, धनुषा, सर्लाही, सिरहा लगायत तराईक्षेत्रमा दिउँसोको समयमा चर्को घाम लाग्नुका साथै तातो हावा चलेकाले दैनिक कामधन्दामा समस्या भएको हो । तातो हावाले हरियो तरकारी बालि सुक्न थालेका स्थानीयले बताएका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम