पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक समिति पोखराले आगामि जेठ ८ गतबाट पोखरादेखि भारतको नयादिल्लीसम्म यातायत सेवा सञ्चालन गर्ने भएको छ । समितिले जेठ ८ गतेबाट हप्ताको एक पटक पोखराबाट नयादिल्लीसम्म बस सञ्चालनमा ल्याउन लागेको जनाएको हो ।
हरेक हप्ताको बुधबार बिहान ११ः३० मिनेटमा पोखराबाट नयादिल्लीसम्म छुट्ने बसको टिकट शुल्क प्रति ब्यक्ति भारु दुई हजार ७ सय रुपैँया लाग्ने पृथ्वीराजमार्ग बस संचालक समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिए । उनका अनुसार मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले हरेक हप्तको बुधबार पोखराबाट भारतको नयादिल्ली पुगेर त्यहाँबाट शनिबार फर्कने छ ।
भारतको नयाँ दिल्लि पोखरा बस सेवा दिदै आएको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले दिल्लि बस सेवा गरेको १२ बर्ष पछि देहरादुन बस सेवा शुरु गर्ने लागेको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सका सञ्चालक केशब अधिकारीले बताए ।
भारतमा गएर पढ्दै गरेका नेपाली विद्यार्थी, व्यवसायी, विरामी तथा पर्यटकहरुलाई यातायत सेवा सुरु भएपछि सहज हुने समितिले जनाएको छ । पोखराबाट हिँडेको बस नारायणगढ बुटबल, महेन्द्रनगर, बनबास, रुद्रपुर, हरिद्धारा ऋषिकेश हुँदै नयादिल्लीसम्म जाने छ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो