सरकारको बजेट अर्धनिन्द्रामा हाई काड्दै लेखेको निबन्ध जस्तो : डा बाबुराम भट्टराई

सरकारको बजेट अर्धनिन्द्रामा हाई काड्दै लेखेको निबन्ध जस्तो : डा बाबुराम भट्टराई

baburam bhatarai

पुर्व प्रधानमन्त्री एवं नवगठित समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको बताएका छन् । आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथि प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको छलफलमा भट्टराईले सिद्धान्त र प्राथमिकता निर्माण गर्दा अर्थमन्त्री स्वयंले आफैमाथि न्याय नगरेको बताए ।

अर्धनिन्द्रामा भएको मान्छेले लेखे जस्तो देखिएको भन्दै उनले बजेटका सिद्धान्त र प्राथमिकतामा बैचारिक अलमल र अस्पष्टता रहेको उल्लेख गरे । ‘अर्धनिन्द्रामा भएको मान्छेले हाई काड्दै अल्छि लागि लागिकन निबन्ध लेखेजस्तो कर्मकाण्डी प्रकारको दस्तावेज आयो,’ उनले भने् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds