काभ्रे–बेथानचोक गाउँपालिका ३ ढुङ्खर्कका किसान केदारनाथ सापकोटा अहिले एउटा समस्यामा छन् । पहिलेदेखि नै खेतिपातिसँगै गाईपालन गर्दै आएका सापकोटालाई एकाएक समस्या आएको छ । उनले घरमा पालेको कोरली गाई व्याएको छ । तर, उसले दूध दिने थुन नहुँदा समस्या परेको छ ।
यो समस्या समाधानका लागि उनी पशुचिकित्सक कहाँ पुगे पनि त्यसको समाधान निस्केको छैन । पशु चिकित्सकहरुले दूध सुकाउनु बाहेकको अर्को विकल्प नरहेको बताएका छन् । उनले गाईको थुन नभएको बारे गाइ व्याउने भएपछि मात्र थाहा पाएका थिए । पहिला घरको कोरलो गाईले बहर खोजेपछि पशुप्राविधिक बोलाएर कृतिम गर्भाधान गराएको बताए ।
पहिले थाहा नभएपनि गाई व्याउने भएपछि थुनको समस्या रहेको थाहा पाएका उनले विस्तारै पलाउने आशा गरेका थिए । तर, त्यो समस्या गाईले बाच्छो खसाउँदा सम्म समाधान भएन । पशु चिकित्सकहरुले गाईमा वंशाणुगत रोग भएका कारण यस्तो हुनसक्ने बताएका छन् ।
भेटनरी तथा पशु विज्ञ केन्द्र काभ्रेका पशु विशेषज्ञ डा. नवीन उपाध्यायले गाईको कल्चौडामा थुनको निसाननै नभएको बताए । अहिले बाच्छालाई अरू गाईको दुध खुवाउने र उक्त गाईको दुध सुकाउनेबाहेक विकल्प नरहेकोले सोही अनुसार औषधि गर्दै गरेको सापकोटाले बताए । यो समस्या आउन नदिन गर्भाधान गराउने बेलामा गाईपाल्ने किसान र प्राविधिक दुवैले ध्यान नपुर्याउँदा यस्तो समस्या आएका चिकित्सकहरुको भनाई छ। news source :khabarhub
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु