अस्पतालबाटै हराएका तनहुँका बद्रिको नौ दिनपछि शव फेला

अस्पतालबाटै हराएका तनहुँका बद्रिको नौ दिनपछि शव फेला

death body

पोखरा । गत बैशाख १९ गते बन्दिपुर अस्पतालबाट हराएका ५६ बर्षीय बद्रि बहादुर बुईँडेको शव फेला परेको  छ । तनहुँको बन्दिपुर अस्पतालबाट हराएका बुईँडेको आज मध्यान्ह करिब १२ बजे बन्दिपुर गाउँपालिका वडा नम्बर ४ मा शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

प्रहरीको अनुसार बिगत केहि बर्षदेखि टिभि रोगबाट ग्रसित बुईँडेल बन्दिपुर अस्पतालबाट हराएपछि उनको खोजी भईरहेको थियो । ‘बुईँडेले पहिल्यै देखि हराएको अस्पतालबाट टिआर सेवा लिँदै आएका रहेछन्’ डिएसपी लामिछानेले भने, ‘उनी हराएको दिनदेखि नै हाम्रो प्रहरी टोली र शसस्त्र प्रहरी बलका टोली मिलेर खोजी गरिरहेका थियौँ । आज बिहान भिरमा शव भेटियो ।’

जिल्ला प्रहरी कार्यालय तनहुँका टोलीले मध्यान्ह करिब १२ बजे शव भेटेपनि अहिलेसम्म निकाल्न सकेको    छैन । ‘बिहान शव भेटिएको हो । तर, असाध्यै अप्ठ्यारो भिरमा रैछ, त्यहाँ जान सक्ने अबस्थै छैन’ लामिछानेले भने, ‘शसस्त्र प्रहरीका टोलीहरु पनि जानु भएको छ । शव निकाल्ने प्रयास गरिरहेका छौँ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ