बीरगञ्ज । बीरगञ्जमा प्रहरी हुँ भन्दै ठगी गर्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीन मध्ये दुई पूर्व प्रहरी र एक पूर्वसशस्त्र प्रहरी भएको खुलेको छ ।
उनीहरुले सादा पोशाकको प्रहरी हुँ भन्दै सर्वसाधरणलाई ठग्दै गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साकाले जनाएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १४ पिपरा बस्ने ३७ वर्षीय ज्ञानबहादुर साह, कलैया उपमहानगरपालिका ६ बस्ने २६ वर्षीय मुकेश सर्राफ र फेटा गाउँपालिका ७ कुकुरभुका २६ वर्षीय रवी शंकरप्रसाद यादव रहेका छन् ।
उनीहरुलाई वीरगञ्ज महानगरपालिकाको ईनर्वा, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय आसपासबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताएका छन् । पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ ।
This will close in 3 seconds
सम्बन्धित खबर
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
पोखरा -१५ मा तीज गीत प्रतियोगिता, माछापुच्छ्रे चौतारी आमा समूह पहिलो
स्वास्थ्यमन्त्री पाठकको पहिलो निर्णय : नसर्ने रोगको स्क्रिनिङ गर्ने
गण्डकीका पाँच वटै यातायात कार्यालयमा हेल्प डेस्क राख्ने निर्णय
गण्डकीका स्वास्थ्यमन्त्री: माओवादीको विरोध गर्दा ‘डेथ वारेन्ट’
बुवाको मुख हेर्ने दिनमा सफल दहीको शुभकामना सन्देश
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग