जब प्रहरी हिरासतमै युवक झुण्डिए . . .

जब प्रहरी हिरासतमै युवक झुण्डिए . . .

suicide

इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त बनेको छ । कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ बिहीबार साँझ हिरासतभित्रको शौचालयमा आफैंले लगाएको सर्ट (कमिज) मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उक्त घटनापछि गम्भीर घाइते भएका घिसिङलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ । घाइतेको पुरानो मेडिकल कलेजमा भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घिसिङको मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीयवासीले कार्यालयमा तोडफोड गर्नुका साथै केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । सो क्रममा प्रहरीले पाँचरसात राउण्ड हवाइ फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds