बुबाको किरियामा कपाल नखौरिएको भन्दै गाउँ निकाला

बुबाको किरियामा कपाल नखौरिएको भन्दै गाउँ निकाला

kapal

पोखरा । निधन भएका बुबाको अन्त्येष्टिमा कपाल नखौरिएको र हिन्दु परम्परा अनुसार १३ दिने काजकिरियाको संस्कार नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि बाराको एक परिवार गाउँ छोड्न बाध्य भएको छ ।
बाराको सुवर्ण गाउँपालिका ६ धरमपुर गाउँका अवधेश यादवका बुबा अनुठा यादवको वैशाख १५ कलैया अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

६१ वर्षीया अनुठाको हृदयघातका कारण उपचारका क्रममा निधनपछि उनका दुई छोरा अवधेश र पप्पुले आफ्नो घरपरिवारले अपनाउर्दै आएको कविरापन्थी धर्म अनुसार सात दिनमै किरियाकर्म सकेका थिए । बुबाको अन्त्येष्टिमा दुवै छोराले कपाल खौरिएका थिएनन ।

बुवाको काजकिरिया सामाजिक परम्परा र हिन्दु धार्मिक रीतिरिवाज अनुसार नगरेपछि गाउँका अगुवाले गाउँमा भेला गरेर परिवारलाई नै सामाजिक बहिष्कार गरेका हुन्। गाउँले भेला भएर सामाजिक बहिष्कार गर्ने उर्दी जारी भएपछि परिवार नै गाउँ छोड्न बाध्य भएको हो । यो समाचार क्रान्ति शाहले अन्नपूर्णमा लेखेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ