भक्तपुर : भक्तपुर नगरपालिका ५ टौमढीमा ५७ हजारमा एउटा बोका बिक्री भएको छ । सुन्दा अचम्म लाग्न सक्छ तर बुधबार ५७ हजार रुपैयाँ तिरेर बोका खरिद गरिएको हो। बिहीबार भक्तपुरका प्रजापति र केही समुदायबाहेकका नेपालभाषीले दुगु पूजा मनाउँदैछन्। सोही पूजाको लागि बुधबार उक्त बोका किनिएको हो। बोका हेर्दै लोभलाग्दो छ। मात्र ३० महिनाको उक्त बोकाको तौल ७५ किलो थियो।
भक्तपुर नगरपालिका ५ चासुखेलका कृष्णराम सुवालले ३० महिना लगाएर पालेका थिए ती बोका। उनले सोही उमेरको अर्को बोकासमेत बिक्री गर्न ल्याएका छन्। करिब ६३ किलोको उक्त बोकाको मूल्य भने ५५ हजार तोकिएको छ।
‘मसँग अरु चारपाँचवटा साना बोका बाँकी छन्’, बोकापालक सुवालले भने, ‘तिनीहरुलाई अर्को वर्षको दुगुपूजामा यत्रै बनाउनुपर्छ।’पहिल्यैदेखि बोका पाल्दै आएका उनले ५७ हजार रुपैयाँमा बोका बिक्री गरे पनि लागत मूल्यभन्दा सस्तो परेको सुनाए ।
‘तीस तीस महिनासम्म बोका पाल्न कम सजिलो छैन’, उनले थपे, ‘आफ्ना छोराछोरीलाई भन्दा बढी रेखदेख गर्नुपर्छ। दानापानीमात्रै खुवाएर पुग्दैन। बेला बेलामा औषधिमूलो पनि गर्नुपर्छ। सबै हिसाब गरियो भने ५७ हजार पनि कम पर्छ।’
भक्तपुरको टौमढीमा वर्सेनि दुगुपूजाको लागि आआफ्नो घरमा पालिएका बोकाहरु बिक्री गर्न ल्याउने परम्परा छ। यसबेला कसले बढी ठूलो र फूर्तिलो बोका ल्याउन सक्छ भन्ने एक किसिमको प्रतिस्पर्धासमेत चल्ने गर्दै आएको छ। यसरी बोका हेरी मोलतोल गर्ने सांस्कृतिक एवं परम्परागत दृश्य हेर्नु कम रोमाञ्चक हुँदैन । अन्नपूर्ण पोष्टका लागि ईश्वरकाजी खाइजूले समाचार लेखेका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने