कपिलवस्तु – नेपाल भारत सीमा ३ दिनका लागि बन्द हुने भएको छ । शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले जानकारी दिए ।
भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने चुनावको सुरक्षालाई मध्यनजर गर्दे कपिलवस्तुको सीमा नाका बन्द गरिन लागेको उहांले बताए । दुई देशका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुको सहमतिमा सीमा नाका बन्द गर्न लागिएको हो ।
भारतको सिद्धार्थनगर जिल्लासँग सीमा जोडिएका कपिलवस्तु र रुपन्देही अन्तर्गतका नेपाली सीमा नाका तीन दिन बन्द गरिने छ । तर यो अवधिमा बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक काममा दुवै देशका सुरक्षाकर्मीको समन्वय गरी आवत–जावत गर्ने व्यवस्था मिलाइएको अर्यालले बताए। तर यो अवधिमा अन्य कुनै प्रकारको ओसार पसार तथा आवतजावत भने पूर्ण रुपमा बन्द रहने छ ।
सीमा क्षेत्रमा कुनै पनि प्रकारका अवैध गतिविधिहरु सञ्चालन हुन नदिन दुवै देशका सीमा क्षेत्रका सुरक्षाकर्मीहरुको संयुक्त गस्ती र निगरानी समेत बढाइएको सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले बताए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु