सडकमा धुलो भएको भन्दै स्थानीयद्धारा सडकखण्ड बन्द

सडकमा धुलो भएको भन्दै स्थानीयद्धारा सडकखण्ड बन्द

Jorpati_sadak_

काठमाडौं । चाबहिलदेखि जोरपाटीसम्मका स्थानीयले धुलो बढी हुँदा पनि सरकारले वास्ता नगरेको भन्दै उक्त सडकखण्ड बन्द गराएका छन् । सडक छेउका व्यवसायी पनि पसल बन्द गरेर सडकमा उत्रिएका छन् । उक्त सडकखण्ड वर्षौं बित्दासमेत पिच नभएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभाको बैठकमा काठमाडौंमा धुलो कम भएको, कोही पनि मास्क लगाएर हिँडनु नपरेको बताएका थिए । स्थानीय, व्यवसायीलगायतले ‘धुलो धुवाँ धेरै भो, स्वास फेर्न गाह्रो भो’, कालो पत्र छिटो गर’ ‘विश्व सम्पदाको संरक्षण गर’ लगायतका नारा लगाउँदै प्लेकार्ड बोकेर उक्त सडकखण्डमा प्रदर्शन गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds