भारतमा अन्तरजातीय विवाह गरेको भन्दै पिताले छोरीलाई जिउँदै जलाएका छन् । महाराष्ट्रको अहमदनगरको परनेर तालुकामा रहेका निक्सोज गाउँमा यो घटना भएको हो ।
६ महिना पहिले रुक्मिणी र मंगेश रणसिंघेको विवाह भएको थियो । १९ वर्षीय रुक्मिणीले मंगेश रणसिंघेसँग प्रेम विवाह गरेकी थिइन् । रुक्मिणी र उनका श्रीमानको जात मिल्दैनथ्यो । यसै कारण रुक्मिणीका पिता, काका र मामाले मिलेर उनी र उनका पतिलाई जिउँदै जलाए । पिताको इच्छाविपरित विवाह गर्दा रुक्मिणीले ज्यान गुमाउनु पर्यो।
विवाहपछि पनि रुक्मिणीको माइतीपक्षका मानिसले उनीहरुको सम्बन्धको विरोध गरिरहे । यसबाट हैरान भएर रुक्मिणी र मंगेशले फेब्रुअरी महिनामा रुक्मिणीको माइती पक्षमा उजुरी पनि दर्ता गरेका थिए ।
रुक्मिणीका मातापिताले गएको अप्रिल ३० तारिखमा माइती बोलाएका थिए । उनलाई माइतीमा बोलाएर कुटपिट गरियो । यो घटनाबारे उनले आफ्ना श्रीमान मंगेशलाई फोन गरेर जानकारी दिइन् । अर्को दिन मंगेश आफ्नी पत्नीलाई लिन गए । त्यही समयमा उत्तर प्रदेश बस्ने रुक्मिणीका काका र मामा पनि त्यहाँ पुगेका थिए । उनीहरुले रुक्मिणी र मंगेश दुवैलाई कुटपिट गरेर डोरीले बाँधि पेट्रोल छर्केर आगो लगाइदिए ।
घटनाबारे छिमेकीले थाहा पाएपछि उनीहरुलाई अस्पताल लगिएको थियो । रुक्मिणीको शरीर धेरै जलिसकेको थियो । उनको ज्यान गयो । उनका पति मंगेश रणसिंघेको उपचार भैरहेको छ । उनको अवस्था पनि गम्भीर छ ।
परनेर प्रहरीले यो घटनालाई लिएर रुक्मिणीका मामा घनश्याम र काका बिल्लू पण्डित भनिने सुरेन्द्र बाबुलाललाई पक्राउ गरेको छ । घटनापछि रुक्मिणीका पिता रामा रामफल फरार भएका छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले पेट्रोलको बोतल तथा अन्य सामानहरु पनि बरामद गरेको छ । रुक्मिणीका देवर महेश रणसिंघेले घटनाबारे प्रहरीमा उजुरी गर्दा पनि प्रहरीले बेवास्ता गरेकोले यस्तो अवस्था भोग्नुपरेको आरोप लगाएका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते