पोखरामा बाघको आक्रमणबाट दुई जना घाइते

पोखरामा बाघको आक्रमणबाट दुई जना घाइते

tiger

पोखरा । पोखरामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । लेखनाथ शिशुवामा आज बिहान करिब १० बजे बाघको आक्रमणबाट दुई जना घाइते भएका हुन् ।

बाघको आक्रमणबाट सुनसरी घर भई हाल पोखराको शिशुवामा बस्ने ४५ बर्षीय टिकाबहादुर लिम्बु र लेखनाथकी ५५ बर्षीया राधिका आचार्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बाघको आक्रमणबाट सामान्य घाइते भएका उनीहरु उपचारपछि घर फर्किसकेका छन् । मानिसलाई आक्रमण गर्ने बाघको जिल्ला वन कार्यालय र जिल्ला प्रहरी कार्यालयद्धारा खोजि भई रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ