चितवन – चितवनको चितवन मेडिकल कलेजमा २३ वर्षीया गर्भवती युवती उपचारका लागि आइपुगिन् । अविवाहित ती युवती आठ महिनाकी गर्भवती थिइन् । सुत्केरी गराउनका लागि अस्पतालले विधिअनुसार उपचार सुरु गर्यो ।
१२ बजे छोरी जन्माइन् । जन्मेको बच्चाको स्वस्थ्य अवस्था कमजोर भयो । अवस्था गम्भीर भएकाले अस्पतालले बच्चाको उपचारपछि निको हुने सम्भावना असाध्यै कम भएको बतायो । भर्खरै जन्मिएको बच्चालाई उपचारको मेसो मिलाउनभन्दा पनि बिरामीसँगै गएका आफन्तले अस्पतालमा उपचार नगर्ने बताएपछि अस्पतालले पठाइदियो ।
आफन्तले घर लैजाने भन्दै लिएर हिँडे । बच्चाको मृत्यु भएको ठानेर देवघाटमा लगी पुर्न तयार भए । खाडल खनेर पुर्न लाग्दा वरिपरि जम्मा भएकाहरुले बच्चा चलमलाएको देखे । जानकारी प्राप्त भएपछि देवघाट पुगेको प्रहरी र आफन्तको सहयोगमा बच्चालाई पुनः अस्पताल ल्याइयो ।
चितवन मेडिकल कलेजमा नै उपचार गरियो । उपचार सफल भएन । सोमबार दिउँसो सवा १२ बजे अस्पतालले बच्चालाई मृत घोषणा गर्यो । घटनापश्चात थप अनुसन्धानका लागि प्रहरीले युवतीकी आमालाई प्रहरी कार्यालयमा राखेको छ ।
अविवाहित युवतीले बच्चा पाएको र अस्पतालमा आएर जन्मिएपछिहतार हतारमा घर लाने भन्दै देवघाटमा लगेकाले के भएको हो भन्ने विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । उज्यालो अनलाईनका लागि राधेश्याम खतिवडले लेखेका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो