पोखरामा १८ महिने बालकलाई चिर्पटले हानेर घाइते बनाउने २५ बर्षीया लक्ष्मी पक्राउ

पोखरामा १८ महिने बालकलाई चिर्पटले हानेर घाइते बनाउने २५ बर्षीया लक्ष्मी पक्राउ

Woman_hitting_kid

पोखरा । पोखरामा १८ महिने बालकमाथि चिर्पटले हानेर घाइते बनाएकी २५ बर्षीया महिला पक्राउ परेकी     छिन् । महानगरपालिका वडा नम्बर ९ महेन्द्रपुलमा १८ महिने बालकमाथि कुटपिट गर्ने २५ बर्षीया लक्ष्मी राईलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।

लक्ष्मी मकवानपुर घर भई महेन्द्रपुलमा बस्दै आएकी सिता राईको १८ महिने छोरा उज्वललाई दाउराको चिर्पटले हिर्काएर घाइते बनाएकी छिन् । कुटपिटबाट घाइते भएका उज्वलको उपचारको लागि मणिपाल अस्पताल पठाईएको प्रहरीले जनाएको छ । प्रहरीले लक्ष्मीलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds