पतिकै अगाडि पत्नीमाथि बलात्कार गरेर भिडियो खिचे, प्रहरी बन्यो मुकदर्शक

पतिकै अगाडि पत्नीमाथि बलात्कार गरेर भिडियो खिचे, प्रहरी बन्यो मुकदर्शक

Rajsthan_rape_case

बलात्कारमा संलग्न भनिएका ५ जनामध्ये २ जना

नयाँ दिल्ली– ५ जना युवाको एक समूहले पतिलाई बन्धक बनाएर पत्नीमाथि बलात्कार गरेर भिडियो समेत खिचेको छ । उक्त भिडियो अहिले भाइरल बनिरहेको छ । यस्तो कूकर्म गर्नेमाथि कारबाही गर्नुको सट्टा प्रहरी पनि मुकदर्शक बनेको छ । यो घटना भारतीय राज्य राजस्थानअन्तर्गत अलवर जिल्लाको थानागाजी इलाकाको हो ।

घटना गत अप्रिल महिनाको २६ तारिखको हो । दिउँसो ३ बजे पति र पत्नी मोटरसाइकलमा लालवाडी गाउँबाट तालवृक्ष गइरहेका थिए । थानागाजी–अलवर बाइपास रोडमा ५ जना युवकले उनीहरुको अगाडि ल्याएर २ ओटा बाइक रोके ।

युवकहरुले दुवैजनालाई जबरजस्ती उठाएर सडकभन्दा केही पर लगे । त्यहाँ पतिमाथि कुटपिट गरेर उनलाई बन्धक बनाए । पतिलाई बन्धक बनाएपछि पाँचै जनालाई महिलामाथि सामूहिक बलात्कार गरे । उनीहरुले सामूहिक बलात्कारको भिडियो समेत बनाउन भ्याए । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा शेयर गरिएको छ ।

युवकको उमेर २०–२५ वर्ष भएको बताइएको छ । पीडित पक्षले मे ३ मा स्थानीय प्रहरीसमक्ष उजुरी दिएपनि प्रहरीले भने चुनावको कारण देखाउँदै घटनामाथि अनुसन्धान नगरेको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds