पोखरा । पोखरा विश्वविद्यालयका उपकुलपतिको अनुहारमा कालो मोसो दलिएको बिषयमा ध्यानाकर्षण गर्दै नेपाल राष्ट्रिय प्राध्यापक संगठन, गण्डकी प्रदेश र नेपाल प्रगतिशील प्राध्यापक संगठन गण्डकी प्रदेशले सयुक्त रुपमा विज्ञप्ति जारी गरेको छ । गत वैशाख १७ गते उपकुलपति प्रा. चिरञ्जीवी शर्माको अनुहारमा छापामार शैलीमा कालोमोसो दल्ने काम निन्दनीय र भर्तसनायोग्य रहेको भन्दै सोमबार विज्ञप्ति जारी गरिएको हो ।
‘आफ्ना मागलाई शान्तिपूर्ण रुपमा राख्ने अवसर र विश्वविद्यालयले प्रदान गर्दागर्दै विश्वविद्यालय वाहिर एकान्तमा अत्यन्त कुर शैलीमा आक्रमण गर्ने कार्यले लोकतान्त्रिक पद्वतिलाई नै कुठराघात गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।
संगठनले उपकुलपति माथि भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै उक्त घटनाप्रति आपत्ति प्रकट गरेको छ । विश्वविद्यालय जस्तो प्राज्ञिक र गरिमामय संस्थाका सम्माानित उपकुलपतिमाथि विश्वविद्यालय वाहिर सामाजिक, सांस्कृतिक तथा पारिवारीक भ्रमणको क्रममा छापामार शैलीमा कालोमोसो दल्ने काम निन्दनीय र भर्तसनायोग्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार :-
http://gandaknews.com/upkulpati-sharma-kalomoso/
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो