उच्च अदालतले रिट खारेज गरेपछि महानगरलाई होर्डिङबोर्ड हटाउन बाटो खुल्यो

उच्च अदालतले रिट खारेज गरेपछि महानगरलाई होर्डिङबोर्ड हटाउन बाटो खुल्यो

hording bord

पोखरा । पोखरा महानगरपालिकाले बजारमा टाँसिएका होर्डिङ बोर्ड हटाउन थालेपछि परिचय एड्भर्टाइजका सोभित बस्यालसमेतल उच्च अदालत पोखरामा दायर गरेको रिटखारेज भएको छ । महानगरले गत चैत ५ गते परम्परागत होर्डिङ बोर्ड हटाएर डिजिटल बोर्ड राख्न गरेको निर्णय विरुद्ध गत चैत १२ गते दायर गरिएको रिट खारेज गरिएको हो ।

आदालतमा महानगरको निर्णय बिरुद्ध परेको रिट खारेज भएसँगै अब महानगरलाई पुन बजारमा अस्तव्यस्त देखिने गरी टाँगिएका होर्डिङ बोर्ड हटाउन बाटो खुलेको छ ।  अदालतमा रिट दायर भएपछि गत चैत १३ गते न्यायाधीश रामचन्द्र यादवको एकल इजलाशबाट विपक्षीका नाममा कारण देखाउसहित अन्तरिम आदेश भएपछि महानगरले होर्डिङ बोर्ड हटाउने काम रोकेको थियो ।

आइतबार न्यायाधीश विनोद शर्मा र नरबहादुर शाहीको संयुक्त इजलाशले उक्त रिट खारेज गरिदिएको हो । निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताद्वय दामोदर अधिकारी र स्वागत नेपालले बहस गरेका थिए भने महानगरको तर्फबाट वरिष्ठ कानुन अधिकृत नारायण शर्मा र अधिवक्त कमल अर्यालले बहस गरेका थिए ।

अदालतले रिटमा उल्लेख भए अनुसार महानगरले उद्योग धन्दा व्यवसाय गर्ने हक नखोसेको भन्दै रिट खारेज गरिदिएको हो ।महानगरले सार्वजनिक ठाउँमा टाँसिएका होर्डिङबोर्ड हटाउन सुरु गरेको    थियो । सार्वजनिक निजी साझेदारीमा डिजिटल होर्डिङ बोर्ड राख्न महानगरले टेन्डर आह्वान गरिसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds