पोखरा : गोरखाको सेन्ट जोसेफ माध्यामिक बिद्यालयले क्यान्टिनमा खाजा नखाएको भन्दै एक बिद्यार्थीलाई निस्कासित गरेको छ । बिद्यालय प्रशासनले क्यान्टिनमा खाजा नखाएको भन्दै कक्षा ९ मा पढ्ने बिबेककुमार यादवलाई निस्कासित गरेको हो ।
‘मेरो छोरा ३ कक्षा देखि त्यहीँ स्कूलमा पढ्थ्यो’ बुबा मुकेशकुमार यादवले भने, ‘तर साथीहरुसँग बाहिर गएर खाजा खायो भनेर स्कूलले निकालिदियो ।’ कक्षा ८ मा छँदा बिबेक सहित उनका ३÷४ जना साथीहरुले विद्यालय बाहिरको पसलमा गएर खाजा खाएको भन्दै अघिल्लो शैक्षिक सत्रमा निस्कासनको चेतवानी दिएपछि उनका साथीहरु भने अन्यत्रको विद्यालयमा भर्ना भएका थिए ।
तर, बिबेकलाई भने विद्यालयले ९ कक्षामा भर्ना लिएपछि विद्यालय नआउन भनेको छ । ‘मैले ९ हजार तिरेर उसलाई ९ कक्षामा भर्ना गराएको छु, ३÷४ दिन पढ्न पनि गएको छ’ बुबा मुकेशले भने ‘पछि फादरले मलाई बोलाएर तपाइँको छोरा यहाँ पढ्न मिल्दैन लैजानु भन्नुभयो, अब म कहाँ लैजाउँ ।’
‘अरु साथीहरुले पढ्न थालेको एक महिना हुन लाग्यो, उ भने घरमा गएर बसेको छ’ बुबा मुकेशले भने ‘यसै विद्यालयको अरु शाखामा सरुवा गर्दिनु म अन्तै लैजान्छु भन्दा पनि गरिदिनु हुन्न ।’ विद्यालयले अर्को शाखामा सरुवा नगरिदिएपछि बिबेकले पढ्न पाएका छैनन् ।
विद्यालयले पटक–पटक सचेत गराउँदा उनी अबैद्य इलेक्ट्रिक हुक्का खाने, साथीहरुको समूह बनाएर दिउँदै विद्यालयको कम्पाउण्ड नाघेर भाग्ने लगायतका काम गरेको विद्यालय स्रोतले आरोप लगाएकोे छ । तर विद्यालयका प्रधानाध्यापक डेनिस सुजालाई पटक–पटक सम्र्पकको प्रयास गर्दा पनि उनको फोन उठेन ।
सम्बन्धित खबर
उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात
गोरखामा ५ सय रोपनी बाँझो जमिनमा व्यावसायिक ओखरखेती सुरू
गोरखाका कर्खा गायक लालबहादुर गन्धर्वको निधन
गोरखामा वृद्धभत्ता बुझेर फर्किँदै गर्दा भीरबाट लडेर एक वृद्धको मृत्यु
गोरखामा एक पसलमा आगलागी, सामान जलेर नष्ट
गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो