गण्डकी प्रदेशले पोखरालाई ६ प्रदेशसँग सिधा हवाई सम्पर्कबाट जोड्ने, बैशाखको अन्तिमबाट उडान सुरु

गण्डकी प्रदेशले पोखरालाई ६ प्रदेशसँग सिधा हवाई सम्पर्कबाट जोड्ने, बैशाखको अन्तिमबाट उडान सुरु

Gandaki Pradesh Cabinet

पोखरा । गण्डकी प्रदेश सरकारले पोखरालाई अन्य ६ प्रदेशसँग सिधा हवाई सम्पर्कबाट जोड्ने योजनाको कार्वान्वयन भएको छ । प्रदेश सरकारले ल्याएको योजना कार्वान्वयन भएसँगै बाराको सिमरादेखि कास्कीको पोखरासम्म सिधा हवाई सम्पर्क हुने भएको हो ।

प्रदेश सरकारले पोखरालाई अन्य ६ प्रदेशसँग सिधा हवाई सम्पर्कबाट जोड्ने योजना अन्तर्गत पहिलो चरणमा पोखरा–सिमरा हवाई सेवा सुरु गर्न लागेको हो ।  गत पुष महिनामै सरोकारवालाबीच सिमरा–पोखरा हवाई उडानको सम्भावनाबारे भएको निर्णयअनुसार यही महिनाको अन्त्यबाट उडान थालिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रसिद्ध पर्यटकीय नगरी पोखरासँग सिधा सम्पर्क भएपछि भारतीय पर्यटकको आवागमनमा वृद्धि हुने निश्चित ठानेर पर्यटन तथा होटल व्यवसायी अझ बढी उत्साहित बनेका छन् । जसले बाराको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने आँकलन गरिएको छ ।

यस रुटमा यात्रुको अभाव नरहने पनि नागरिक उड्डयन मन्त्रालयको ठहर छ । तत्कालीन पर्यटनमन्त्रीको निधन भएका कारण पनि उडान लम्बिएको हो । नागरिक उड्डयन प्राधिकरणका सिमराका प्रमुख हिराजन काफ्लेले सबै यात्रुको समयको सदुपयोग हुने भन्दै उद्योग व्यापारीहरु रिफ्रेस हुन र भारतीय पर्यटकहरु पोखरा हुँदै मुक्तिनाथसम्मको यात्रा गर्न सक्ने धारणा राख्छन् ।

पोखराबाट सिमरासम्म हवाई रुटको कुनै समस्या नभएको र निजी हवाई कम्पनीहरुले उडानका विषय चासो राख्दै अन्तिम गृहकार्यमा पुगेको जनाईएको छ । पोखरालाई अन्य प्रदेशसँग हवाई सम्पर्क जोड्ने योजना अन्तर्गत सबैभन्दा पहिले सिमरा–पोखरा उडान हुन लागेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds