अब ओमान जान नेपाली कामदारलाई पैसा नलाग्ने

अब ओमान जान नेपाली कामदारलाई पैसा नलाग्ने

Oman final

काठमाडौँ – ओमानमा नेपालीकामदार निःशुल्कजानपाउने भएका छन् । सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने गरी नेपाल र ओमानबीच सहमति जुटेको छ । सहमति जुटेसँगै ओमानसँग पहिलो पटक श्रम सम्झौता हुन लागेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार ओमानजाने कामदारले सेवा शुल्क लगायत कुनै पनि शुल्क तिर्नुपर्ने छैन । भिसा, शुल्क, टिकट, बिमा, स्वास्थ्य परीक्षण खर्च रोजगारदाताले नै व्यहोर्नेछन् । बिरामी भए औषधि उपचार समेत रोजगारदाताले व्यहोर्नेछन् । विवाद, मुद्दामामिला भएमा पनि कामदारले निःशुल्क कानुनी सहायता पाउनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds