महोत्तरी – केटी भगाएको भन्दै महोत्तरीको सोनमा गाँउपालिकामा जनप्रतिनिधिहरु नै कुटपिट गरेका छन् । गाँउपालिका वडा नम्बर १ की सुधा यादवलाई स्थानीय राजु साहसँग भगाउनको लागि सहयोग गरेको भन्दै स्थानीय शंकर शाहलाई जनप्रतिनिधिहरु कुटपिट गरेका हुन् ।
वैशाख १८ गते भएको घटना मिलाउन आयोजित पञ्चायत भइरहेको समयमै वडा कार्यालयकै परिसर भित्र वडाअध्यक्ष अशोक यादव, गाउँपालिका प्रमुख राजकुमार यादव र प्रमोद यादवले हातखुटा बाँधी निर्घात कुटपिट गरेको पीडित शंकर शाहले बताए ।
घाइते अवस्थामा रहेको आफूहरुलाई घटनास्थलमा रहेका प्रहरीले पनि अस्पताल नलगेर घरमा छाडेको पीडितले गुनासो गरे । भागेको केटीलाई २४ घण्टाभित्र फिर्ता ल्याउन गाँउपालिका प्रमुख यादवले चेतावनी दिएको भन्दै शाहले दुखेसो पोखे ।
घटनाको इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता भएको र चाँडै नै यस सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम