चिट चोर्न प्रतिबन्ध गरेपछि १६५ शैक्षिक संस्थाका सबै विद्यार्थी फेल

चिट चोर्न प्रतिबन्ध गरेपछि १६५ शैक्षिक संस्थाका सबै विद्यार्थी फेल

cheat

काठमाडौं । परीक्षालाई मर्यादित र निष्पक्ष बनाउन नियमहरु लागु गरिन्छ । चिट चोर्न नपाउनु परीक्षाको मुख्य नियमभित्र पर्छ । तर, भारतको उत्तर प्रदेश परीक्षा बोर्डमा सामेल विद्यार्थीहरु चोरेरै पास हुने गरेको तथ्य भेटिएको छ ।

भारतको युपी बोर्डका विद्यार्थीले कलेज र प्लस टूको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने गरेको समाचार भारतीय मिडियामा आइरहन्छन् तर, हालै यसको नतिजाबारे अचम्मको खुलासा भएको छ । यो बोर्डमा सूचीकृत एक सय ६५ विद्यालय एवं कलेजका एकजना विद्यार्थीले पनि परीक्षा पास गर्न सकेनन् ।

यस्तै, ३ सय ८८ विद्यालयको नतिजा २० प्रतिशत मुनी छ । ‘बोर्ड’ परीक्षामा चिट चोर्न नपाउँने कडा नियम लागू गरेपछि यस्तो नतिजा देखा परेको युपी बोर्डका अध्यक्ष विनय कुमार पाण्डेले भने ।

२० प्रतिशतभन्दा कम नतिजा ल्याउने ३ सय ८८ विद्यालयमध्ये १ सय ३९ प्लस टु छन् भने २ सय ४९ कलेज छन् । कुनै पनि विद्यार्थी पास नहुने स्कूलमध्ये ५० सरकारी, पाँच अर्धसरकारी र ८४ नीजि विद्यालय थिए भने १५ सरकारी, ५८ अर्धसरकारी र १७६ वटा नीजि कलेज छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds