पोखरा । पोखरा उपत्यकामा १६ बर्षभन्दा मुनिका ८० प्रतिशत बालश्रमिक रहेको तथ्याङ्क सार्वजनिक भएको छ । शनिवार पोखरा उद्योग वाणिज्य संघले बालश्रम न्यूनिकरण कार्यक्रम मार्फत उपत्यकामा १६ बर्षभन्दा मुनिका ८० प्रतिशत बालश्रमिक रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
तथ्याङ्कका अनुसार कास्कीमा हाल ३६८ जना बालबालिका घरेलु श्रमीक रुपमा रहेका छन् । जसमध्य १४ बर्षदेखि १६ वर्ष मूनिका ८० प्रतिशत, १४ मुनिका २० प्रतिशत रहेका छन् । कास्कीमा हाल बाह्य जिल्लाबाट ६८ प्रतिशत र भारतबाट ३० प्रतिशत बालश्रमिकको रुपमा आउने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
कास्कीमा भएका बालश्रमिक मध्य ६९ प्रतिशत किशोर र ३१ प्रतिशत किशोरीहरु रहेका छन् ।घरेलु कामदारको रुपमा ९५प्रतिशत, ग्यारेज तथा वर्कसपमा ७६ प्रतिशत, बिजनेसमा ६० प्रतिशत, होटलमा ५७ प्रतिशत र बालश्रमिकले काम गरिरहेका छन् ।कानुन अनुसार बालबालिकालाई श्रमिक रुपमा काम लगाउनेहरुलाई ३ महिना कैद तथा १० हजार जरिवाना हुने छ ।
तर, कार्वान्वय निकायले उक्त कानुनलाई नजरअन्दाज गरिरहँदा बालबालिकाको अवस्था झन कहानी लाग्दो बन्दै गएको छ ।कानुन विपरित बालबालिकाहरुलाई कामदारको रुपमा राख्नेहरुले तलब नदिने दिएपनि अत्यन्तै कम दिने गरेको बालश्रमिकहरुको दुखेसो पोख्ने गरेका छन् ।
कार्यक्रममा पोखरा बालश्रम न्यूनिकरणका अध्यक्ष राजेन्द्र कुमार लालचनले पोखरामा बाल श्रमिकको अवस्था अझै जटिल भएको बताउँदै १४ वर्ष मूनिका बालबालिकाको शिक्षा, स्वास्थ्य पाउँने पर्ने अधिकारमासम्बन्धित निकायहरुको ध्यान दिनुपर्नेमा जोड दिए ।पोखरालाई बालमैत्री शहर बनाउन उद्योग वाणिज्य संघसँग पोखरा महागरपालिकाले पनि हातेपालो गर्ने पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलको भनाई छ ।
सम्बन्धित खबर
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो