मोरङ– भैंसी करणी (बलात्कार) गरेको आरोपमा मोरङको रतुवामाइ नगरपालिका–२ का ४० वर्षीय मङ्गल हस्दा विरुद्ध मुद्दा दर्ता भएको छ । स्थानीय रानी टुढुले पालेको भैंसीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता भएको हो ।
छिमेकी टुढुको गोठमा बाँधिएको भैंसीलाई गोठबाट फुकाएर केही पर बाँस झ्ङगमा लागेर विहीवार हस्दाले करणी गरेको अभियोग लगाउँदै टुढुले जिल्ला अदालतमा शुक्रवार ‘फिराद’ दर्ता गरेकी हुन् ।
इलाका प्रहरी कार्यालय सिजुवाको अनुसार गोठबाट भैंसी फुकाएर नजिकैको करणी भएको स्थानमा फेला परेको कपडाका आधारमा आरोपीलाई पक्राउ गरिएको हो । गोठमा बाँधिएको भैंसी हराएपछि भैसीको खोजी गर्ने क्रममा दुबै खुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो । अनुसन्धानका क्रममा छिमेकी हस्दाको कपडा उक्त स्थानमा फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यसक्रममा हस्दाले भैंसीमाथि करणी गरेको स्वीकार गरेका थिए ।
मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद – १८ करणी सम्बन्धी कसूरको व्यवस्था गरिएको छ । ऐनको दफा २२७ मा पशु करणी गर्न नहुने उल्लेख गरिएको छ । सोही दफाको उपदफा एकमा कसैले पनि पशु करणी गर्नु वा गराउनु हुँदैन भनि उल्लेख गरिएको छ ।
त्यस्तै सोही दफाको उपदफा २ मा भनिएको छ–उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई गाईको करणी गरे वा गराएको भए दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना र अन्य पशु करणी गरे वा गराएको भए एक वर्षसम्म कैद र दश हजार रुपैंयाँसम्म जरिबाना हुनेछ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम