केटीको निहुँमा ग्याङ फाइट, एकजनाको मृत्यु

केटीको निहुँमा ग्याङ फाइट, एकजनाको मृत्यु

gyang-fightt

ललितपुरको पुल्चोकमा युवाहरुको दुई समूहबीच भएको ग्याङ फाइटमा एक जनाको मृत्यु भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले कृष्ण तामाङसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार साँझ ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित सुमेरु अस्पताल नजिकको गल्तीमा ग्याङ फाइट भएको थियो । १२/१४ जना युवाहरुको समूहमा भएको झडपमा २० वर्षका अन्सल शाक्यको मृत्यु भएको छ ।

झडपमा घाइते भएका उनलाई ६ः४५ बजे सुमेरु सिटी अस्पताल पुर्याइएको थियो । तर, ७ बजे चिकित्सकले मृत घोषित गरेका छन् । उनको टाउको, छाति लगायतका स्थानमा धारिलो हतियार प्रहार गर्दा गम्भीर चोट लागेको थियो ।

प्रहरीका अनुसार दुई समूहबीच केटीको निहुँमा झडप भएको थियो । संलग्न कृष्ण तामा सहित ६ जना नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds