धादिङ – श्रीमानले बलात्कार गरेको भन्दै धादिङमा एक महिलाले प्रहरीमा जाहेरी दिएकी छिन् । श्रीमानले लामो समयदेखि इच्छा विपरित पटकपटक जबरजस्ती यौन सम्पर्क गरेको भन्दै २५ वर्षीया महिलाले उनका पति २३ वर्षीय पुरुष विरुद्ध जिल्ला प्रहरी कार्यालयमा धादिङमा जाहेरी दिएकी हुन् ।
तीन वर्ष अघिदेखि आफूमाथी पतिले पटक पटक जबरजस्ती यौन सम्पर्क गरेको र पछिल्लो पटक बैशाख १३ गते राती आफूमाथी जबरजस्ती गर्दा टोकेर घाउ नै बनाएको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ ।
जाहेरी दर्ता गराइएपछि पीडितको जिल्ला अस्पताल धादिङमा बैशाख १९ गते स्वास्थ्य परिक्षण र उपचार गरिएको छ । हेरी दर्ता भएकाले अनुसन्धानका लागि आरोपित पुरुषलाई खोजी गरी कानूनी दायरामा रही अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ । आरोपितलाई प्रहरीले गिरफ्तार गरि मुलुकी अपराध (संहिता) ऐन २०७४ परिच्छेद १८ को २१९ को ४ अनुसार बैबाहिक बलात्कार अन्तरगत कारबाही गर्न अनुसन्धानपछि अदालतमा पेश गरिने पनि प्रहरीले जानकारी दिएको छ ।
श्रीमतीको इच्छा विपरीत श्रीमानले सम्बन्ध राखेमा यो बैबाहिक बलात्कार हो र यसलाई अपराध मानिने छ भनेर सर्वोच्च अदालतले २०५९ साल वैशाखमा परिभाषित गरेको हो । त्यसैगरी, २०६३ सालमा लैङ्गिक समानता कायम गर्न तथा लैगिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकले जर्बजस्ती करणीको महलमा बैबाहिक बलात्कार गर्नेलाई ३ देखि ६ महिना कैद गर्ने ब्यवस्था गरेको थियो ।
Source : dhadingnews.com
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम