रुकुममा हिमपहिरोमा परेका किशोरको उद्धार गरी हेलिकप्टरबाट पोखरा ल्याइयो

रुकुममा हिमपहिरोमा परेका किशोरको उद्धार गरी हेलिकप्टरबाट पोखरा ल्याइयो

manipal helicopter

पोखरा। हिमपहिरोमा परेर घाइते भएका एक युवाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा ९, खाराबाङका १७ वर्षीय सुजन खड्कालाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उनलाई उपचारका लागि पोखरा ल्याइएको छ । बुधबार आफ्नै गाउँबाट डोल्पाको दुनै जाने क्रममा पुथाउत्तरगंगा गाउँपालिका ९, लालपपाटनको हिउँसाङ नजिकै हिमपहिरोमा परेर खड्का घाइते भएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउए । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको पहलमा उनलाई बिहीबार उद्धार गरी थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा ल्याइएको हो ।

खड्कासँगै गएका अर्का एकजनाले हिमपहिरो स्थलबाट झण्डै ८ घण्टा हिँडेर उनको अवस्थाबारे गाउँलेलाई जानकारी गराएका थिए । स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई खबर गरेलगत्तै हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। खड्काको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । घटनास्थल रुकुमकोटबाट झण्डै ३ दिनको पैदल दूरीमा पर्दछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds