नेकपाका नेता भुसाल भन्छन् : देशको हालत हेरुँ भने छाती पिटेर रोऊँजस्तो लाग्छ

नेकपाका नेता भुसाल भन्छन् : देशको हालत हेरुँ भने छाती पिटेर रोऊँजस्तो लाग्छ

Ghanashyam_Bhusal

काठमाडौं  – नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले देशको पछिल्लो अवस्था दयनीय भएको भन्दै पार्टी नेतृत्वको तीखो आलोचना गरेका छन् । पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै आएका भुसालले मुलकको पछिल्लो हालत छाती पिटी रुनेजस्तो भएको टिप्पणी गरे ।

‘हामी सांगठनिक हिसाबले अकल्पनीय स्थ्तिीमा छौँ, गुटले पार्टीभित्र व्यक्तिहरुको हैसियत निर्धारण गर्छ, कम्युनिस्ट पार्टीको नाममा, लेनिनवादी संगठनात्मक पद्धतिको ब्यानरमा योभन्दा विरोधाभाष अरु के हुन्छ,’ भुसालले बिहीबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भने, ‘देशको हालत भन्नुपर्दा सानैमा सुनेको प्रचण्ड बुढाथोकीको गीतजस्तै छ , गीतले भन्थ्यो ‘हेर देशको हालत कस्तो छ, छाती पिटीपिटी चिच्याउनुजस्तो छ ।’ त्यो गीतले अहिले देशलाई ऐठन गरिरहेको अनुभूति गर्छु ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds