गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को ३७३ औं एपिसोडमा विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
१. भारतीयहरुले कसरी नेपाली नागरिकता लिन्छन् ? यस्तो छ
काठमाडौं । अहिले पनि भारतका धेरै नागरिकहरुले नेपालको
समेत नागरिकता लिएका छन् । भारतको बिहार राज्य स्थित लुरफुल्लापुर दरभंगाका अशोक गुप्ताले अशोक साहको नाममा नेपाली नागरिकता लिए । भारतको बिहार स्थित लत्तिफुल्लाहपुर ३ बेनिपुर दरभंगाबाट आधार कार्ड लिएका छन् । उनका पिताको नाम रवि साह छ । यिनै अशोक गुप्तालाई जिल्ला प्रसासन कार्यालय महोत्तरीले जन्मको आधारमा नेपाली नागरिकता दिएपछि नेपाली नागरिक अशोक साह बनेका छन् ।
२. काम विहीन छन् ‘पानीजहाज कार्यालय’का कर्मचारी !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजको सपनामा मात्रै देखाएनन् टिकट काट्ने दिन तोक्दै पानी जहाज कार्यालयको उद्घाटन समेत गरे । २०७४ पुस १६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजको टिकट काटेर कोलकत्ता जान निम्ता नै गरेका थिए । त्यसको एक बर्षपछि २०७५ फागुन २ गते ललितपुरको एकान्तकुनामा तामझामका साथ प्रधानमन्त्री ओलीले नेपाल पानी जहाज कार्यालयको उद्धाघटन गरे । प्रधानमन्त्री ओलीले पानी जहाजको टिकट काट्न निम्ता गरेको एक बर्षपछि खुलेको नेपाल पानी जहाज कार्यालयमा पुग्यौं । त्यस दिन कार्यालयका सबै कर्मचारी मिटिङका लागि भनि सिंहदरबार गएको भनियो ।
३. वीर अस्पतालमा १ पैसामा ब्लड प्रेसर जाँच्ने मेसिन र १ रुपैयामा ह्विलचेयर !
काठमाडौं । वीर अस्पतालमा खाद्यन्न मात्रै होइन, मेडिकल उपकरण समेत एक पैसा र एक रुपैयामै खरिद गर्न सम्झौता भएको छ । यस अघि वीर अस्पतालमा एक पैसामा अण्डा, एक रुपैयाँमा एक केजी चिनी, ५ लिटर तेलदेखि चना, तरकारी समेत एक रुपैयाँमै उपलब्ध गराउने गरि न्यु सुयोग इन्टरप्राइजेजसँग सम्झौता गरिसकेको छ । पुनः वीर अस्पतालका लागि आवश्यक मेडिकल तथा नन मेडिकल सामग्रीहरु एक रुपैयाँमै उपलब्ध गराउने भन्दै श्री श्रेष्ठ साइन्टीफिक टेड्रससँग सम्झौता गरेको छ । सामग्री खरिदका लागि भएको बोलपत्रमा श्री श्रेष्ठ साइन्टिफिक ट्रेडर्सले अधिकांश सामग्री १ रुपैयामा उपल्बध गराउन सक्ने देखाएको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम