बालुवाटारका भूमाफिया धमाधम विदेश फरार, कोही पदबाट राजीनामा दिँदै

बालुवाटारका भूमाफिया धमाधम विदेश फरार, कोही पदबाट राजीनामा दिँदै

baluwatar_

काठमाडौं । व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १४३ रोपनी जग्ग सरकारले रोक्का राखेर छानविन थालेको ५० दिन भइसकेको छ। तर, जग्गा प्रकरणमा संलग्न एक जना पनि पक्राउ परेका छैनन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ। तर, मुख्य सुत्रधारलाई निगरानीमा समेत राखेको छैन।

उनीहरु आफैँ सजग हुँदै विदेश लागिरहेका छन्। विवाद उजागर भएपछि कुमारी बैँकको सञ्चालकबाट समेत शोभाकान्त ढकालले राजीनामा दिएका छन्। ढकाल र रामकुमार सुवेदी भारततर्फ गएको र त्यहीँबाट शक्तिकेन्द्रको संवादमा रहेको श्रोतको भनाई छ।

सो प्रकरणमा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीसमेत भागेको अनुसन्धानमा आबद्ध अख्तियारका अधिकारीले जानकारी दिएका छन्। शोभाकान्त ढकाल र रामकुमार सुेवेदीको समूहले बालुवाटारको सरकारी जग्गा बेचेर कान्तिपथमा पुरानो दरबार किनेको खुलासा भएको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds