काठमाडौं । वीर अस्पतालमा खाद्यन्न मात्रै होइन, मेडिकल उपकरण समेत एक पैसा र एक रुपैयामै खरिद गर्न सम्झौता भएको छ । यस अघि वीर अस्पतालमा एक पैसामा अण्डा, एक रुपैयाँमा एक केजी चिनी, ५ लिटर तेलदेखि चना, तरकारी समेत एक रुपैयाँमै उपलब्ध गराउने गरि न्यु सुयोग इन्टरप्राइजेजसँग सम्झौता गरिसकेको छ ।
पुनः वीर अस्पतालका लागि आवश्यक मेडिकल तथा नन मेडिकल सामग्रीहरु एक रुपैयाँमै उपलब्ध गराउने भन्दै श्री श्रेष्ठ साइन्टीफिक टेड्रससँग सम्झौता गरेको छ । सामग्री खरिदका लागि भएको बोलपत्रमा श्री श्रेष्ठ साइन्टिफिक ट्रेडर्सले अधिकांश सामग्री १ रुपैयामा उपल्बध गराउन सक्ने देखाएको छ ।
ट्रेडर्सले बिरामीका लागि स्लइन चढाउँदा आवश्यक आइभी स्याण्ड प्रति स्ट्याण्ड १ पैसा, ह्विलचेएर प्रति गोटा १ पैसा, भ्यु बक्स प्रति गोटा १ पैसा, ट्रली प्रति गोटा १ पैसा, अक्सिजन बोक्ने ट्रली प्रति गोटा १ पैसा, ब्लड प्रेसर सेट प्रति गोटा १ पैसा, स्पट मेशिन प्रति गोटा १ पैसामा उपलब्ध गराउने उल्लेख गरेको छ ।
बोलपत्रमा सबै भन्दा कम मूल्य श्री श्रेष्ठ साइन्टिफिक टेड्रर्सको देखिएकाले बोलपत्र स्विकृत भई सम्झौत समेत भएको वीर अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका खरिद इकाइका कर्मचारी र ठेकेदारको मिलेमतोमा अधिकांश सामग्रीको मूल्य कम देखाउने, तर पछि उपलब्ध नगराउने र पुन अस्पतालले खरिद गर्नुपर्ने वातावरण सिर्जना गर्छन् ।
वीर अस्पतालको खरिद इकाइमा बारम्बार अनियमितता भएको बिषयमा हामीले देखाउँदै आएका छ । जसका कारण खरिद इकाइ प्रमुख भगवती थपलियालाई राष्ट्रिय सर्तकता केन्द्रले कारवाहीका लागि सिफारिस गरेको छ । थपलिया नर्स हुन तर उनी हाल खरिद इकाइ प्रमुख छिन् । सर्तकता केन्द्रका अनुसार थपलिया खरिद इकाई प्रमुखका लागि अयोग्य छिन् ।
उनीसहित उपकरण खरिदमा अनियमितता देखेर तत्कालीन उपकुलपति, रजिष्टार, ट्रमा निर्देशक, आर्थिक प्रशासन प्रमुख, एवंम बोलपत्र मुल्याङकन समितिका पदाधिकारीलाई कानुन बमोजिम कारवाही हुनु पर्ने देखाएको छ । तर अहिलेसम्म पनि कोही कारवाहीमा परेका छैनन् ।
कतिसम्म भने अस्पताललाई अति आवश्यक पर्ने मेमोग्राम एक्सरे म्यसिन पनि बनाउदैनन् अस्प्तालका कर्मचारीहरु । अस्पतालमा रहेको स्पेशल एक्सरे पनि डेढ बर्षदेखि बनेको छैन । जसका कारण अस्पताल भित्र १२ सयमा हुनु पर्ने एक्सरे बाहिर २५ हजार रुपैया तिरेर गर्नुपर्ने हुन्छ । source :news24nepal.tv
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम