अश्विन दानी , पोखरा । नेपालीमा एउटा टुक्का छ, ‘छिमेकी भनेको जिउँदाको जन्ती मर्दाको मलामी’ । हरेक मानिसले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण र खुसिको पल विवाहलाई नै सम्झन्छन् । झनै प्रेम सम्बन्ध पछि भएको विवाहमा दुलहा र दुलही कति खुसि होलान ?
लमजुङको राइनस नगरपालिका—४ अल्कटागरका आशिक कुमाल र पालुङटार नगरपालिक —४ कुमाल गाउँकी अञ्जली कुमालले पनि आफ्नो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिवर्तन गर्ने निधो गरे । दुबै पक्षको घर परिवारबाट उनीहरुको प्रेम सम्बन्ध सहर्ष स्वीकार भयो ।
अन्तत उनीहरुको विहेको साइत बैशाख १८ (बुधबार) का दिन जुर्याे । लमजुङबाट आशिकले आफ्नी प्रेमिका लिन हिन्दु परम्परा अनुसार जन्तिसहित बुधबार अञ्जलीको घर पुगे ।
दिनभर जन्ति र घरबेटी दुबै पक्ष बिहेको रमझममा नाचे, गाए, अनि रमाईलो गरे । विवाह मण्डपको सबै काम सकिएपछि बेलुका करिब ७ बजे दुलहि अन्माईयो । जन्ति पक्षमा दुलही लिएर रमाउँदै लमजुङ तर्फ हिँडे, दुलही पक्ष बिहेको तामझाम मिलाउन थाले ।
हरेक बाबु आमाको सपना हुन्छ, आफ्नी छोरीलाई विहे गरेर राम्रो घर पठाउने । छोरीको विहेमा घरबेटी पक्षका अधिकांश मान्छेको आँखामा आँसु त पक्कै आउँछ तर खुसिको ।
अञ्जलीको परिवारमा भने छोरीको विहेको खुसिको आँसु धेरै बेर टिक्नै पाएन । छोरी अन्माएर पठाएको केहि बेरमै अञ्जलीकी आमा जानुका कुमालको आँखामा पीडा र दु्ःखको आँसुले भरियो । कारण, छोरी अन्माएर पठाएको केहि बेरमै बाटोमा जन्ती पक्ष र घरबेटीबीच कुटाकुट भयो ।
‘विहेमा दिनभरी सबै जना नाचे, गाए रमाए । बेलुका करिब ७ बजे छोरी अन्माएर गाडीमा चढाएर पठायौँ’ अञ्जलीकी आमा जानुकाले गण्डक न्यूजसँग भनिन्, ‘छोरी अन्माएर पठाएको केहि मिनेटमै झगडा भयो रे भन्ने सुन्यौ । हामी झगडा गरेको ठाउँमा पुग्दा झगडा छुटाएरर घाइतेलाई अस्पताल लगिसकेका रैछन ।’
जन्ति र घरबेटीबीच कुटाकुट हुँदा जन्ति पक्षका विष्णुबहादुर कुमाल घाइते भएका थिए । उनको उपचारको क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । विहेकै दिन अप्रिय घटना घटेपछि अहिले दुबै पक्षमा तनाव सिर्जना भएको छ ।
‘कुटाकुट भएर एक जना बित्नु भएछ । ज्वाईको आफन्तहरुले पनि कस्तो ठाउँमा हात हालिएछ भन्नु भाको छ रे । छोरी पनि आत्तिएकी छ, फोन गरेर रुन्छे’ जानुकाले भनिन्, ‘त्यस्तो होला भनेर कसैले पनि सोचेका थिएनौँ । अरुले भनेको सुन्दा हाम्रै गाउँका केटाहरुले बाईकमा गएर जन्तीलाई सुरुमा हात हालेका हुन् रे । किन त्यसो गरे केहि पत्तो छैन ।’ उनले थपिन्, ‘छोरीको भविष्य के हुने हो खै ? रातभरी सुतेकै छैन, नत केहि खाएको छु । प्रहरीले कतिजनालाई हो समातेको छरे ।’
दुलहा आशिकलाई सम्पर्क गर्दा आफुलाई चिन्ता भएको भन्दै यस बिषयमा केहि बोल्न मानेनन् ।
झगडामा संलग्न १२ जना प्रहरीको नियन्त्रणमा
विवाहमा झगडा गर्ने १२ जना यूवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले बुधबार झगडामा संलग्न यूवाहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । ‘जन्ती र घरबेटीबीच बिहेमा नै कुटाकुट भएर एक जना घाइते भएका रहेछन् । उनको उपचारको क्रममा मृत्यु भयो’ जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भोला रावलले भने, ‘उनीहरु किन कुटाकुट गरे भन्ने कुरा खुलेको छैन् । अनुसन्धान गर्दै छौँ । अहिलेसम्म १२ जना नियन्त्रणमा लिएका छौँ ।’
जन्ति पक्षद्धारा प्रहरी कार्यालयमा ढुंगामुढा गर्दा प्रहरी घाइते
स्थानीय युवाहरुले कुटपिट गरेर विष्णुबहादुर कुमालका मृत्यु भएको भन्दै दोषिलाई कारवाही र क्षतीपुर्तिको गर्दै जन्ति पक्षले इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका छन् । कुटपिटबाट घाइते भएका विष्णुबहादुरको उपचारको क्रममा मृत्यु भएपछि जन्ति पक्षबाट करिव दुई सय जना युवाहरु बिहीवार इलाका प्रहरी कार्यालय पालुङटार पुगेर ढुङ्गामुढा गरेका हुन् ।
ढुङ्गामुढा प्रहारबाट केही प्रहरी घाइतेसमेत भएका छन् । भीड नियन्त्रण गर्नसात राउण्ड अश्रु ग्यास प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घटनास्थलमा जिल्लाबाट थप प्रहरी टोली खटिएका छन् ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो