सुर्खेत । कर्णाली प्रदेश सरकारले बुधबार दुई जना सुत्केरी महिलाको उद्धार गरेको छ । हुम्लाको चंखेली गाउँपालिका र अदानचुली गाउँपालिका १ बाट सुत्केरी महिलालाई उद्धार गरेको हो । चंखेली गाउँपालिकाको मेल्छम स्वास्थ्य चौकीमा कार्यरत अनमी दाङकी निशा नेपाली र अदानचुली गाउँपालिका–१, की राजकला महतारालाई सामाजिक विकास मन्त्रालयले उद्धार गरेको हो ।
गर्भपतन गराउँदा अत्याधिक रक्तश्राव भएकोले उनलाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँमा र्पुयाइएको हो । अहिले उनको उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । राजकला महताराका दुई छोरा एक छोरी छन् । उनलाई हिजो साँझ सुत्केरी व्यथा लागेको थियो ।
तर उनको ’सालनाल’ पहिले खसेका कारण उनले बच्चा जन्माउन सकिनन् । त्यो खबर सामाजिक विकास मन्त्री दल रावलकहाँ आइपुग्यो । तत्काल उनले आफू गएर हेलिकप्टर मार्फत उद्धार गर्न लगाए । अहिले उनको उपचार पनि प्रदेश अस्पतालमा भइरहेको छ ।
‘सरकार ! मेरा लागि भगवान नै तपाईं नै हो,’ सुर्खेत विमानस्थलमा श्रीमती ल्याइसकेपछि राजकलाका श्रीमान वृष महताराले भने, ‘सरकार धन्य छ । सबै जनाले मेरो श्रीमतीको जस्तै तत्काल सेवा पाउन् ।’ उनले अब श्रीमतीलाई केही नहुने विश्वास समेत गरे ।
यी त प्रतिनिधिमुलक घटना मात्र हुन् । कर्णालीका विकट जिल्लामा स्तरीय स्वास्थ्य संस्था नभएका कारण सुत्केरी महिलाको ज्यानको खतरा सधैं हुने गरेको मन्त्री दल रावलले बताए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम