पोखरा । पोखराका क्रियाशिल पत्रकार ऋषिराम बराललाई ‘टंकादेबी तुलसीप्रसाद स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरिने भएको छ । पत्रकार महासङ्ग कास्कीद्धारा सञ्चालित तथा पोखरा–५ निवासी सुवर्णप्रसाद कोइराला परिवारजनद्धारा स्थापित सो पुरस्कारको राशी रु. २५ हजार, सम्मानपत्र र दोसल्ला छ।
दुई दशकदेखी पोखरालाई कर्मथलो बनाएर सञ्चार क्षेत्रमा आवद्ध रहनुभएका बराललाई पत्रकारिता मार्फत समाज रुपान्तरणमा भूमिका खेलेकोमा सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरिएको महासङ्गका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । पत्रकार बराल दि हिमालयन टाईम्स र आदर्श समाज दैनिकमा कार्यरत छन् ।
प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुली संयोजक तथा पत्रकारहरु रमेश पौडेल , जमुना बर्षा शर्मा सदस्य र महासंघका अध्यक्ष श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सेना पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई महासङ्गको आजको बैठकले अनुमोदन गरि बराललाई सो पुरस्कार अपर्ण गर्ने निर्णण गरेको हो ।
यहि बैशाख २४ गते ‘राष्ट्रिय पत्रकारिता दिवस’को दिन सो पुरस्कार अर्पण गरिने महासंघका सचिव रामप्रसाद तिमिल्सिनाले जानकारी दिए । बरालले वि.सं. २०५६ मा आदर्श समाज दैनिकबाट पत्रकारितामा शुरु गरेका थिए ।
सम्बन्धित खबर
रेबिज लागेका मृत जनावरहरु किनबेच गर्ने दुईजना पक्राउ
ज्येष्ठ नागरिकहरुलाई सामाजिक विकास कार्यालयको तीन लाख अनुदान
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउँछः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम