काठमाडौ– संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच वैशाख २३ गते पार्टी एकीकरणको घोषणा हुने भएको छ। लामो समयदेखि एकीकरणका लागि जुटिरहेका ती दुई पार्टीबीच बल्ल एकताको साइत जुरेको हो ।
पार्टी एकतालगत्तै अहिलेसम्म एकीकृत पार्टीमा दुवै दलका अध्यक्ष रहने गरि अध्यक्षमण्डल रहने तयारी भएको छ । अर्थात नेकपाको मोडेलमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति नेपालका संयोजक डा।बाबुराम भट्टराई दुईजना नै अध्यक्ष रहने बताइएको छ । निर्णय गर्ने अधिकार दुवैजनाको समान रहने भएपनि वरिष्ठताक्रममा भट्टराई पहिलो नम्बरमा रहने बताइएको छ ।
अरु पदको बारेमा दुई पार्टीबीच छलफल भइरहेको छ । नयाँ शक्ति नेपालले एउटा अर्को शर्त पनि अघि सारेको छ, त्यो सरकार छाड्ने कुरा । नयाँ शक्तिले फोरम नेपाललाई सरकार छाड्न भनेको छ । यसको विषयमा फोरम नेपालले कुनै निर्णय दिएको छैन । यस विषयमा पार्टीमा छलफल गरेर जानकारी गराउने भनेको छ ।
फोरम नेपालले राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाललाई यो एकीकरणमा सामेल गराउन भनेको छ । त्यसका लागि एक दुईपटक तीनटै दलको बीचमा छलफल पनि भएको छ, तर राजपा नेपालको तर्फबाट खासै सक्रियता नदेखाएपनि फोरम नेपाल र नयाँ शक्ति नेपालले भने पार्टी एकताको मिति तय गरेका हुन् ।
नयाँ शक्तिसँग एकीकरण गर्ने निश्चित भएपछि फोरम नेपालले आफ्नो केन्द्रीय महाधिवेशन सार्ने तयारी गरिरहेको श्रोतले जनाएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु