पोखरा । पछिल्लो समय अधिकांश यूवाहरु लागुपदार्थ र दुव्र्यसनमा फसेर समाजमा अराजकता फैलाउने खालको काम गरेको जताततै देख्न सकिन्छ । तर, बुधबार दिउँसो करिब २ बजे पोखरा महानगरपालिका वडा नम्बर १७ मा रहेको बृद्धा आश्रममा ५ जना यूवा दुवै हातमा प्लाष्टीकको झोला बोकेर पुगे । झोलामा थियो, ‘फलफुल, जुस, साबुन, दाँत माझ्ने मञ्जन’ ।
त्यसरी अचानक झोला भरि सामान बोकेर आश्रम पुगेका यूवाहरुलाई त्यहीँका बृद्धबृद्धाहरुले प्रश्न गरे, ‘को हौँ तिमिहरु ? के लिएर आयौँ ?’
आश्रमका बृद्धबृद्धाको प्रश्न सुन्ने बित्तिकै हातको झोला भुँईमा बिसाउँदै बिद्यान रेग्मीले भने, ‘नमस्कार हजुर, हामी कमलपोखरी जुनियर क्लबबाट । हामिले चैत्र २६ गतेदेखि कमलपोखरी सेभेन ए साइड फुटबल प्रतियोगिता २०७५ गरेका थियौँ । त्यहि प्रतियोगिताबाट आएको पैसाले हजुरहरुलाई केहि सामान दिन मन लागेर आएको हौँ ।’
यति भनेपछि क्लबको प्रतिनिधित्व गरेर गएका ५ जना यूवाहरुले झोलाबाट सामान झिक्दै भटाभट आश्रमका ७० जना बृद्धबृद्धाको हातमा राखिदिए । बुधबार पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित कमलपोखरी जुनियर क्लबका अध्यक्ष रेग्मी, सचिव खो बहादुर गुरुङ, कार्यक्रम संयोजक लक्ष्मण गुरुङलगायतका यूवाहरुले बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई सहयोग हस्तान्तरण गरेका हुन् ।
सम्बन्धित खबर
रेबिज लागेका मृत जनावरहरु किनबेच गर्ने दुईजना पक्राउ
ज्येष्ठ नागरिकहरुलाई सामाजिक विकास कार्यालयको तीन लाख अनुदान
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउँछः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु