काठमाण्डाै – नेपाली चित्रकार अस्मिना रञ्जितको चित्रकला ‘द सभरिन एसियन आर्ट प्राइज’ को अन्तिम ३० को सूचीमा परेको छ ।
एसिया प्यासिफिक क्षेत्रका स्वतन्त्र कला विज्ञहरुको छनोट समितिले नेपाली कलाकार अस्मिना रञ्जितसहित ३० कलाकारको चित्रकलालाई अन्तिम सूचीमा राखेको हो । अन्तिम सूचीमा परेका चित्रकला हङकङमा प्रदर्शनीका लागि समेत राखिएको थियाे । अस्मिना रञ्जितको ‘सेक्रेडनेस विदिन एण्ड बियोण्ड : मल्टीपल कैलाश’ शीर्षकको चित्रकला अन्तिम सूचीमा परेको हो । यसमा रञ्जितले साथीहरुसँग कैलाश यात्रा जाँदा अनुभवलाई उतारेकी छिन् ।
रञ्जितले सन् २००६ मा कोलम्बिया विश्वविद्यालयबाट न्यू जान्रा भिजुअल आर्ट्स मा मास्टर्स गरेकी छिन् । रञ्जितले स्थानीय कलाको विश्वव्यापी प्रभाव र विश्वस्तरीय कलाको स्थानीय प्रभाव हुने विश्वास गर्छिन् । उनका चित्रकलाको संग्रहस्वरुप ‘साइलेन्स नो लङ्गर : एक्टिभिजम अफ अस्मिना’ प्रकाशित छ ।

विजेता पब्लिक भोटका आधारमा घोषणा गरिनेछ । सोभरिन आर्ट फाउन्डेशनको वेबसाइट तथा फेसबुक पेजबाट भोट गर्न सकिनेछ । विजेताले हङकङमा हुने एउटा विशेष समारोहमा ३० हजार अमेरिकी डलर पाउनेछन् ।
बाँकी २९ वटा चित्रकला भने लिलामीका लागि राखिनेछ । लिलामीबाट प्राप्त ५० प्रतिशत रकम कलाकारलाई तथा ५० प्रतिशत रकम च्यारिटीका लागि दिइने फाउन्डेशनले बताएको छ ।
news source : ujyaaloonline
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु